भक्तपुर । तामाङ समाज युएईले दुवै मृगौला पीडित च्याङ्बा तामाङलाई १७, हजार दुईसय बाईस रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

तामाङ कलाकार संघक प्रमुख सल्लाहकार चर्चित गायक तथा संगीतकार विश्व दोङद्वारा पीडित च्याङ्बा तामाङलाई उक्त सहयोग हस्तान्तरण  हो।

बज्रशक्ति एकता समाजद्वारा दुवै मृगौला पीडित च्याङ्बा तामाङ बचाउ अभियान काभ्रे तेमाल गाउँपालिका वडा नं ९ चोपटार निवासी दुवै मृगौला फेल च्याङ्बा तामाङ बचाउनका लागि अभियान सञ्चालन गरिएको हो।

पीडित च्याङ्बा तामाङलाई तामाङ समाज युएई अवुधवि क्षेत्रको सचिव लवाङ दोर्जे लामाको संयोजनमा संकलित सहयोग हस्तान्तरण गरिएको हो।

अध्यक्ष वीरबहादुर घिसिङले दुवै मृगौला फेल च्याङ्बा तामाङ बचाउ अभियानमा हातमा हात र साथ दिनुहने सम्पूर्ण सहयोगीहरुलाई विशेष धन्यवाद दिनुभएको छ।

पीडितलाई तामाङ समाज युएईले संकलन गरिएको सहयोग हस्तान्तरण बज्रशक्ति एकता समाजका अध्यक्ष वीर बहादुर घिसिङ , समाजसेवी अमित लामा दोङ उपस्थिति रहेका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।