काठमाडौं । गायक अशोक मोक्तानको तामाङ सेलो पप गीत ‘धिम ङला गहते रोशी स्योङ’ भिडियो सहित सार्बजनिक भएको छ ।

बुबा पञ्च मोक्तान अामा ठुली माया तामाङको कोखबाट जेठो सुपत्रका रुपमा काभ्रेको नमोबुद्ध नगरपािलका वडा नं.९ गहतेमा जन्मेका हुन् ।
सानै उमेर देखि गीत संगीत प्रति निकै चासो राखिएको गायकले विगत ८ वर्षदेखि निरन्तर सांगीतिक क्षेत्रमा लागिरहेका थिए।

गीतमा शब्द साङ्गे ब्लोन तामाङ, सुशिल तामाङ र गायकद्धय अशोक मोक्तानको रहेको छ भने संगीत र आवाज अशोक मोक्तानकै रहेको छ । गीतको अडियो एरेन्ज तथा मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

गीतको भिडियो तर्फ भने बिक्रम मोक्तानको निर्देशन तथा नरेन मोक्तानको सह निर्देशनमा तामाङ चलचित्रका महानायक अमिर दोङ र सुनिता लामाको अभिनय रहेका छन् । भिडियो छायांकन सुनिल भण्डारीले गरिएको भिडियोको दृश्य तथा रंग सम्पादन बिक्रम मोक्तानले गरेका हुन् ।

युवा गायक अशोक मोक्तानले सांगीतीक क्षेत्रमा पृथक खालको गीत ल्याउन कोशिस गर्दै आइरहेको छ। यस अघि उनको आफ्नै आवाजमा रहेको ‘आङिला जामेसे ङला सेम‘, ‘काभ्रेली छोरो’ लगायत केही सेलो पप गीत बजारमा सार्बजनिक गरिसकेका छन् । उनले यस अघि सार्बजनिक गरेका यी दुई वटा गीत युवा जमातले युट्युव र टिकटकमा सन्तोषजनक रुपमा रुचाईएको पाईन्छ । ‘धिम ङला गहते रोशी स्योङ’ उनको तेस्रो गीत हो । उनले हालै सार्बजनिक गरिएको यो गीतलाई हेरेर दर्शकहरुले सल्लाह सुझाव दिनका लागि समेत अनुरोध गरेका छन् । आगामी दिनहरुमा दर्शकहरुकै सल्लाह र सुझाव अनुसार नै आफ्ना सांगीतिक यात्रालाई निरन्तरता दिने उनि बताउँछन् ।

मंगलबार गायकद्धय मोक्तानको आफ्नै अफिसियल युट्युव च्यानल अशोक मोक्तान अफिसियल च्यानलबाट  मार्फत सार्बजनिक गरिएको छ।

भिडियो हेर्नुहोस

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला