काठमाडौ । को म्हेन्दो मिडिया हाउसको प्रस्तुति तामाङ भाषाको टेलिसिरियल क्यालोको २५औं रजत जयन्ती तथा सम्मान कार्यक्रम २०८१ भव्य रुपमा सम्पन्न भएको छ।
संविधान सभाका सदस्य,पुर्व उर्जा राज्य मन्त्री तथाकाभ्रे जिल्ला क्षेत्र १ का संघीय संसद माननीय सुर्यमान दोङ (लालध्ज) को प्रमुख आतिथ्यतमा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो।
कथाकार गोकुल तामाङद्वारा लेखिएको क्यालो निर्माता अमर तामाङ, निर्देशक सुनिल मोक्तान गरिएका छन् ।
यस टेलिसिरियल क्यालोमा गोकुल तामाङ, विन्दु तामाङ , उदास लामा (ट्यापे), सन्तोष गोले, हिरा लामा, तोप लामा, सुनिता गोले, सुमित्रा वाइवा, विनिता पाख्रिन,रविन्द्र ढलाकोटी,सुस्मिता ग्लान,मिना लामा, सुनमाया तामाङ सागर लामा,साईला जिम्बा,राज गोले
लगायतका कलाकारहरुले भुमिका निर्वाह गरिएका छन्।
यस तामाङ टेलिसिरियलको छायांकन ,सम्पादक र कलर निर्देशक सुनिल मोक्तानले गरिएको हो।
समाजमा घटेका विकृति विसंगतिलाई खवरदारी गर्ने लक्ष्यका साथ क्यालो नामक हाँस्य टेलिश्रृखाला निर्माण गरिएको निर्माण पक्षले बताएको छ।
मोडल तथा कलाकार हिरा लामा मोक्तानको सक्रिय भुमिकाबाट सम्पन्न उक्त १५ औं रजत जयन्ती समारोहबाट समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउनु भएको व्यक्तित्वहरुलाई सम्मान गरिएका थिए।
भगवती मोक्तान, तामाङ चलचित्र क्षेत्रका सर्वउत्कृष्ट नायक कुमार मोक्तान,चर्चित नायिका लुङ्बा तामाङ, गीतकार कुमार स्याङबा (हिरालाल) र गायक तथा संगीतकार जोगलाल लामालाई दोसल्ला र सम्मान पत्रबाट विधागत सम्मानित गरिएको थियोे
उक्त कार्यक्रमबाट क्यालो टेलिसिरियलमा आफ्नो भुमिका निर्वाह गरिएको कलाकारहरुलाई विशेष सम्मान गरिएको थिए।साथै कार्यक्रम निम्ति माया गर्ने विशेष समाजसेवी व्यक्तित्वहरु कदर पत्र र मायाको चिनो पनि वितरण गरिएको छ।
यस २५ औं रजत जयन्ती एवम् सम्मान कार्यक्रममा उपस्थिति हुने सम्पूर्णलाई कलाकार तथा मोडल हिरा लामा मोक्तानले स्वागत मन्तव्यबाट स्वागत गरिएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि रोशी गाउँपालिका पुर्व अध्यक्ष तथा तामाङ चलचित्र संघको संरक्षक डिवि मोक्तान, तामाङ चलचित्र संघको अध्यक्ष तथा चर्चित लोकप्रिय नायक कुमार मोक्तान विशेष अतिथि राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बल(चुनाव लाल) अतिथि अविरल तामाङ कुमार स्याङबा,शुसिल मोक्तान,विनायक लोप्चन, अभिषेक माझी,भगवती मोक्तान,रेशम पाख्रिन लगायतका अतिथिहरु उपस्थिति रहेका थिए।
कार्यक्रम म्हेन्दो मिडिया हाउस सञ्चालक एवम् क्यालो टेलिसिरियल निर्माता अमर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रम नायिका सुनिता लुङ्बाले सञ्चालन गरिएकी थिए।