काठमाडौं । तामाङ समुदायको ऐतिहासिक पहिलो संस्करण प्रथम मिस्टर तामाङ २०२४ उपाधि अतित लामाले चुम्नु सफल भएको छ। विजेता लामाले तामाङ समुदायको हकहितका निम्ति सधैं अगाडि बढ्ने प्रतिबद्धता गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा विशेष समारोहका बीचबाट मंगलबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा प्रथम मिस्टर तामाङ अतित लामा लाई घोषणा गरिएको हो।

काभ्रे जिल्ला भुम्लो गाउँपालिका वडा नं ४ चाैबसमा आपा कृष्ण बहादुर लामा र आमा कान्छी लामाको कोखबाट २०५२ साल असोज १६ गते जन्मिएक‍ो
अतित लामाले ऐतिहासिक मिस्टर तामाङमा विजेता भएको हुन्।

फर्स्ट रनरअप प्रतियोगी नम्बर ९ काभ्रेका अनिल तामाङ र प्रतियोगी नम्बर १ झापाका विश्वराज स्याङ्बो सेकेन्ड रनरप भएका छन् । प्रथम मिस्टर तामाङ विजेता अतित लामाले क्राउनसहित ५० हजार,फर्स्ट रनरअप
३० हजार र सेकेन्ड रनरप २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

जित्ने मात्र ठुलो होइन केही काम गरेर देखाउछु भन्दै भने इतिहासले अब मलाई तामाङ समुदायको मुख्य जिम्मेवारी सुम्पेको छ। तामाङ समुदायको विशेषगरी तामाङ भाषा, धर्म संस्कार र संस्कृतिलाई संरक्षण गर्ने विशेष भुमिका निर्वाह गर्ने प्रथम विजेता अतित लामाले बताए।
मम्स इन्टरनेशलन नेपालद्वारा आयोजित “तामाङ कला र प्रतिभाको सम्मान”भन्ने नाराका साथ प्रथम मिस्टर तामाङ २०२४ मा देशभरबाट १५ जना सहभागीता थिए।

तामाङ भाषा, धर्म, कला, भेषभूषा, रीतिरिवाज, संस्कृति, रहनसहनलाई तामाङ युवापुस्तामाझ पुर्‍याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मम्स इन्टरनेशलन नेपाल अध्यक्ष एवम् नायिका रञ्जिता ब्लोनले बताएकी थिए।

मिस्टर तामाङ २०२४ को निर्णायक मण्डलमा
केडी मोक्तान, अमिर दोङ, अरुणा श्रेष्ठ र चाँदनी मोक्तान रहेका थिए ।                                                                कार्यक्रममा तामाङ समुदायको पहिलो तामाङ र्यापार उतर लामा (संगुल) गायक अस्मान लोप्चन , रितु लामा लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति राखेको  थियोे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।