काठमाडौं । उर्मिला वाईवाको सांगीतिक प्रस्तुति  “बाैद्व नयाँबस्ती” म्युजिक भिडियो विमोचन  तथा मिस्टर तामाङ २०२४ को विजेताहरुलाई सम्मान कार्यक्रम प्रकाश मानव सेवाका अध्यक्ष चर्चित झाक्री प्रकाश भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

शुक्रबार द स्हेनोर हाउस जोरपाटी बाैद्व काठमाडौंमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रम गरिएको हो।

समाजमा अस्वाभाविक धन्दा गर्ने माथि प्रहरीद्वारा गोली चलाएको छ। यो यथार्थमा नभएर बाैद्व नयाँबस्ती गीतको म्युजिक भिडियोमा यस्तो कथा समेटिएको दृश्य अवलोकन गर्न सकिन्छ ।

समाजमा विकृति विसंगति र कुसंस्कार गर्नेहरुलाई गीतको भिडियोबाट निकै व्यंग्य गरिएको पाईन्छ ।

कार तामाङ विजेता अतित लामा फस्र्ट रनरअप अनिल तामाङ र विश्वराज स्याङ्बो सेकेन्ड रनरपलाई सम्मान पत्रबाट सम्मानित गरिएको थिए।। भने मिस्टर तामाङमा सहभागी भएको सम्पूर्णलाई खादाबाट सम्मान गरिएको छ

हास्य कलाकार कुइसाङ रुम्बाको शब्द संगीतकार एवम् गायक च्वाईस दोङको संगीत रहेको गीतमा संगीतकारद्वय च्वाईस दोङ चर्चितहाल निकै व्यस्त गायिका सुमिना लो को आवाज रहेका छन् ।

भिडियोमा तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङ, लोकप्रिय  नायिका एवम् मोडल एलिना रायमाझीेले विशेष भुमिका निर्वाह गरिएको छ। भने भिडियोमा कुईसाङ रुम्बा, सञ्जिब गोले, विजय दोङ,विशाल थिङ, डिबि रुम्बा र पेमा योञ्जन लगायतका कलाकारहरु पनि भिडियोमा अभिनय गरिएका छन् । लोकप्रिय नायिका एलिना रायमाझीेले तामाङ भाषाको गीतमा यो पहिलो  अभिनय गर्नु भएकी हुन्  ।

भिडियोमा पत्रकारको भुमिकामा नमोबुद्व न्युजको पत्रकार छेडुप लामा दोङ देख्न सकिनेछ ।

महानायक अमिर दोङद्वारा निर्देशित गरिएको हो भने कोरियाग्राफरमा राजकिङ वाइवा, छायांकन र सम्पादन र रङ्ग विक्रम मोक्तानको रहेको छ।

यस गीतको अडियोको एरेञ्ज जोगलाल लामा र मिक्सिङ दिपेस प्रधानले गर्नुभएको थियोे ।

पत्रकार सम्मेलनकध विशेष अतिथि नेपाल तामाङ चलचित्र संघको अध्यक्ष के.वि मोक्तान , तामाङ पत्रकार संघीय महासचिव तिर्थमान बल, मम्स इन्टरनेशनलका अध्यक्ष रञ्जिता ब्लोन, राष्ट्रिय खेलाडी सागर घिसिङ, समाजसेवी फुर्वा दोर्जे मोक्तान दावाङ रप्तेन मोक्तान लगायतका अतिथिहरुको उपस्थिति रहेका थिए।

यस म्युजिक भिडियो डम्फू मिडियाको अफिसियल च्यानलबाट बजारमा सार्वजनिक भएको हो।
कार्यक्रमको डम्फू मिडियाको सञ्चालक एवम् महानायक अमिर द‍ोङको सभापतित्वमा सम्पन्न कार्यक्रम पत्रकार छेडुव लामाले सञ्चालन गरिएको थियोे ।

यस्तो छन् भिडियो हेर्नुस्

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला