भक्तपुर ।  जिम्बा फिल्म् प्रालिको १३औं  प्रस्तुति   तामाङ चलचित्र मायाला घ्रानको “चुलबुल चुलबुल तला चुसेम”बोलको गीत शुक्रबार बजारमा सार्वजनिक भएको छ।

गीतमा पेमा लामा योन्जन र अबिना गोलेको शब्द, निर्देशक निमा लामा तामाङको संगीत,चर्चित गायिका जितु लोप्चनकी सुमधुर आवाज रहेकी छिन्।यस गीतमा नायिका अबिना गोलेले अभिनय गरिएकी दृश्य देखिन्छ।

चलचित्र मायाला घ्रानको प्रस्तुतकर्ता पेमा लामा योन्जन निर्देशक निमा लामा तामाङ र कथा पटकथा कृष्ण लामाको रहेका छन् ।

नायक कृष्ण लामा नायिकामा अबिना गोले ,सुन लाल वाईवा आशिष रुम्बा, छिरिङ मोक्तान र प्रमिला थिङ लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन्।

छायांकन रङ्गरोगन सुर्य लामा,सम्पादन बिश्वास भन्डारी
मेकअफ एदिप कुलुङ्ग राईले चलचित्रमा भुमिका निर्वाह गरिएको छ।

चलचित्र मायाला घ्रान” ( मायाको कसम ) मा ४ गीत समाबेश भएका छन् ।भने चलचित्र साउन १९ गते राष्ट्रिय नाचघर जमल काठमाडौंमा विशेष प्रदर्शन हुने भएको छ।
भिडियो हेर्नुस्

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला