काठमाडौं । नेपाल तामाङ घेदुङको विभागीय संगठन नेपाल तामाङ संस्कृति घेदुङको सातौं राष्ट्रिय महाधिवेशनबाट दोस्रोपटक पुनः अध्यक्ष छेवाङ तेन्जिङ लामा निर्वाचित भएको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा शनिबार नबज्योती ब्याङ्वैट बाैद्व पीपलबोटमा सम्पन्न भएको हो।

अध्यक्ष छेवाङ तेन्जिङ लामाको नेतृत्वमा २३ सदस्यीय पदाधिकारी निर्वाचित भएका छन् ।भने वरिष्ठ उपाध्यक्ष सरोज याङ्जो लामा,उपाध्यक्ष दोर्जे तामाङ,उपाध्यक्ष (महिला) रञ्जना मोक्तान ,महासचिव रामकृष्ण लो तामाङ,उप-महासचिव विशाल योन्जन, सचिब विजय रुम्बा,सचिब (महिला) विपना लामा,कोषाध्यक्ष :- योजम तामाङ ,संघीय सदस्य अमिर कुमार लामा, प्रभात लो, हरिलाल तामाङ, प्रयास तामाङ, विक्रम तामाङ, सुर्य तामाङ, रेशम कुमार स्याउली संघीय सदस्य कीर्तिमान तामाङ,लक्ष्मी तामाङ, श्री लामा तामाङ,संघीय सदस्य बुधमाया तामाङ , दिलकृष्ण तामाङ, गंगामाया तामाङ ,र प्रमिला ग्लान कार्यसमितिमा चयन भएको छ।

अध्यक्ष लामाले हामी तामाङ समुदायको छुट्टै पहिचान र विशेषता छन् तामाङ समुदायको भाषा ,धर्म संस्कार र संस्कृतिलाई विश्वसामु चिनाउनका लागि सांगीतिक मध्यमबाट अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

कार्यक्रममा विशेष अतिथि पुर्व राज्य मन्त्री दावा लामा विशेष अतिथिमा वरिष्ठ गायक चन्द्रकुमार मोक्तान नेपाल तामाङ घेदुङ संघीय सह- अध्यक्ष कुमार घिसिङ रहेको थियोे ।कार्यक्रम ,रुप योञ्जन ,तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान बल , विलाम मोक्तान टेक बहादुर मोक्तान,प्रेम लो लगायत विभिन्न संघ,संस्थाका अतिथिहरु उपस्थिति रहेका थिए।

 

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला