खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा खुवा उद्योग स्थापना हुने भएको छ । ५ करोड लागतमा आरसिसि भवन निर्माण गरेर सो भवनमा खुवा उद्योग सञ्चालन गर्न लागेको हो ।
खुवा उद्योग गाउँपालिका स्थित वडा नम्बर ५ ताल्ढुङ्गामा स्थापना हुने जानकारी दिएका छन् । तालढुंगा नमूना शहर बन्ने भएसंगै खुवालाई ब्रान्ड बनाउने उद्देश्यले उद्योगको निर्माण गर्न लागेको उद्योगका व्यवस्थापक तथा सञ्चालक निर्मल लामाले बताए ।
स्थानीय किसानहरुको आवश्यकता र माग अनुसार खुवालाई नेपालकै ब्रान्ड बनाई देश बाहिरसमेत निर्यात गर्ने हेतुले यस उद्योग निर्माण गर्न लागिएको बताउँदै लामाले खुवाको ब्रान्डसँगै राम्रो मुल्यको व्यवस्थापन गर्नका निमित्त उद्योग स्थापना गर्न लागेको उनको भनाई रहेको छ ।
उद्योगका लागि चाहिने भवन निर्माणको काम शुरु गरिएको छ भने उपकरण तथा सामग्री धमाधम ल्याउने क्रम जारी छ । उनका अनुसार उद्योगको कूल लागत हाल ५ करोड रहेको छ भने आवश्यकता अनुसार थप्दै जाने छ ।
अहिले खानिखोला खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिमसम्म हरेक दिन बिहानदेखि बेलुकैसम्म सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ ।
सुरुमा खुवाकोबारे त्यति चर्चा नभए पनि अहिले खुवाले बजार पनि पाउन थालेको छ । दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ । खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ । यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पुग्ने गरेको लामाले बताउँछन् । यसले देश तथा पालिकाको अर्थतन्त्रमा पनि ठूलो हिस्सा जोडेको छ।
पहिला प्रति धार्नी रु ६ सय सम्म खुवा बेचेको अहिले खुवाको मूल्य प्रति धार्नी ९ सय रुपैयाँ पुगेको छ ।
खुवाको लागि भैंसीको दूध चाहिने भएकाले पछिल्लो समय भैँसीपालन र गाईपालन बराबरी रहेको छ । कृषकहरु आकर्षित भएपछि खुवाको लागि भैँसीको दूध एकदम राम्रो मानिन्छ ।
खानिखोलामा महिनामा रु १० हजार धार्नी खुवा उत्पादन हुने गरेको पाइन्छ । तर अरु पालिकाको तुलनामा रु ५०० सय कम मुल्यमा बिक्री भए पश्चात् महिनामा रु ५० लाख बराबरको घाटामा खुवा बिक्री भएको छ । यो घाटाको मध्यनजर गर्दै स्थानीय किसानलाई राम्रो मुल्य दिलाउनका निमित्त यो उद्योगको स्थापन गर्न लागेको हो । उद्योग निर्माणकार्यका लागि खानिखोला गाउँपालिका सरकार र वडा सरकारको अतुलनीय भुमिका र सहयोग रहेको छ ।
अबको योजना छिमेकी जिल्ला मकवानपुर, सिन्धुली, खानिखोलाका सातै वडाबाट ५ हजार देखि ७ हजार दुध संकलन गरी आधुनिक करण मेसिनबाट खुवा बनाउने र दुधको चिसियान केन्द्रको समेत स्थापन गर्ने खानिखोला खुवा उद्योगको रहेको छ ।
यस उद्योगमा दुधबाट बन्ने सबै प्रकारका परिकार बन्ने र खानिखोलाका स्थानीय किसानलाई सहज र सजिलो राम्रो मुल्यको दिने ब्रान्ड खुवाको रुपमा खानिखोलालाई चिनाउने यस उद्योगको प्रतिबद्धता रहेको छ ।
एउटा भैँसीको लगभग डेट लाख रुपैयाँ सम्म पर्दछ। किसानले यति ठूलो खर्च गर्न मुस्किल देखिन्छ । त्यसैले यहाँका खुवा व्यवसायी किसानलाई स्थानीय सरकार खानिखोलाले ५० प्रतिशत अनुदानमा १० वटा भैंसी बितरण गरिसकेको छ ।
आगामी ६ महिनाभित्रमा खुवा उद्योग सञ्चालन हुने व्यवसायी लामाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।