रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह बनेको छ । विहिबार शिक्षा विकास निर्देशनालय हेटौडाका महानिर्देशक दिपेन्द्र सुवेदीले गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानीय तह घोषणा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सुवेदीले पालिकामा रहेका ६ हजार ७ सय ५२ घरधुरीका ५ हजार ७ सय ४ जना ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र माध्यमिक तह निःशुल्क भएको सुनिश्चित भएको घोषणा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दैसुवेदीले अनिवार्य तथा निशुल्क शिक्षा लागु भएपछि रोशी गाँउपालिकामा जन्मने बालबालिका अब नैसंर्गिक अधिकार तथा शिक्षाबाट बञ्चीत नहुने बताए । जिल्लामा २ वटा पालिकाले मात्रै निशुल्क शिक्षा लागु गरेको सुवेदीले बताए ।

सबै उमेरका बालबालिका विद्यालयमा आउनु भनेको बाल श्रममुक्त, बाल मैत्री र बालकेन्द्रि शिक्षा हुनु, बाल विबाह अन्त्यका लागी यो ठुलो अबसर रहेको सुवेदीले बताए ।

कार्यक्रमका सभापति तथा गाँउपालिका अध्यक्ष दिनेश लामाले ४ बर्षदेखि १३ बर्षसम्मका सबै बालबालिका विद्यालय भर्ना भएको निश्चित भएपछि अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको स्थानिय तह घोषणा गर्न प्रस्ताव गरेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई धुलिखेलका प्रमुख देवका ढकाल, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, विद्यालय ब्यबस्थापन समिति महासघंका सचिब श्रीकृष्ण थापा, नेपाल पत्रकार महासघंका अध्यक्ष बद्रीराज तिमल्सिना, नेपाली कांग्रेस रोशीका सभापति दुधराज तामाङ, नेकपा एमाले रोशिका कार्यवहाक अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष निरध्वज लामा, सामाजिक विकास समितिका सभापति एवं वडा नम्बर ७ का वडा अध्यक्ष अशोक गौतमले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मिम बहादुर वाईबाले राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।