बेथानचाेक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा गाउँपालिका स्तरीय किवता प्रतियाेगिता सम्पन्न भएकाे छ । वडा नम्बर ३ मा शुक्रबार सम्पन्न प्रतियाेगितामा प्रतियोगितामा श्री कृष्णगोपाल माध्यमिक विद्यालयकी छात्रा कुसुम तिमल्सिना प्रथम भएकी छिन् ।

तिमल्सिनाले आफ्नो कविता मार्फत गहिरो भावनात्मक प्रभाव पार्न सफल भइन् । त्यसैगरी द्वितीय स्थान ’मलाई मन छ’ शीर्षकको कविता प्रस्तुत गरेर सरस्वती माविकी छात्रा उषा श्रेष्ठले हासिल गरिन्, जसले बाल्यकालका सपनाहरूलाई समेटेको थियो । तृतीय स्थानमा ’म को हुँ’ शीर्षकको कविता मार्फत वर्षा तामाङले आफ्नो पहिचान खोजीलाई मार्मिक रूपमा प्रस्तुत गरिन् । सोनिका सेन्चुरी, इन्द्रबहादुर लोप्चन, डोल्मा तामाङ र सरिता सुनारले सान्त्वना पुरस्कार जिते ।

प्रतियोगिताका विजेताहरूलाई बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र वडा नम्बर ३ का अध्यक्ष कुबेर ढकालले दोसल्ला र प्रमाणपत्र प्रदान गरे। अध्यक्ष ढकालले यस्ता कार्यक्रमहरूले बालबालिकाको सिर्जनशीलतालाई प्रोत्साहन गर्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू पुनः आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे । कविता प्रतियोगितामा १० विद्यालयका २७ छात्रछात्राको उपस्थित रहेको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला