क. शिक्षा
१. आवश्यकता र वास्तविक जीवनसँग जोड़ने र काम सिकाउने जीवनपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको ब्यवस्था मिलाइनेछ ।

२. तेमाल गाउँपालिका भित्रका आधारभूत तथा मध्यामिक विद्यालयहरुमा विद्युतीय हाजिरीलाई व्यवस्थापन गर्दै लगिनेछ ।

३. शिक्षा नियमावली, शिक्षा नीति, वहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवं प्रवर्द्धन गरिने छ।

४. गाउँपालिका को स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागु गरिनेछ। त्यस्तो पाठ्यक्रममा अतिरिक्त क्रियाकलाप र विविध समुदायका जातिय तथा सांस्कृतिक पहिचानहरुको बोध गराउन अवलोकन भ्रमण पद्धतिबाट अभ्यास कक्षा र प्रयोगात्मक शिक्षा दिन जोड दिइनेछ । ५. स्थानीय पाठ्यक्रमलाई कार्यन्वयन गर्दै विद्यालयमा पठनपाठन हुने स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक छपाई तथा कार्यान्वयनगर्ने ।

६. राष्ट्रिय पाठ्यक्रम पाठ्यक्रम प्रारुप २०७२ संशोधन सहितको एकिकृत पाठ्यक्रमलाई विद्यालयमा कार्यन्वयन गर्नका लागि थप तालिमको व्यवस्था गरिनेछ ।

७. विद्यालय बाहिर रहेका र बिच मै विद्यालय छोड्ने बालबालिकाहरुलाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन
गरिनेछ।

८. विद्यालयहरुको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाईको सुविधा र आधारभुत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरुको ब्यावसायिक क्षमता विकासको लागि लगानी गरिनेछ।

९. अंग्रेजी माध्यमबाट शिक्षा दिन इच्छुक सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा शिक्षक दरबन्दी लगायतका कार्यमा प्रोत्साहन दिई निजी विद्यालय सरह सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गरिनेछ ।

१०. विषयगत शिक्षकहरुको अभिलेख व्यवस्थापन गरी गाउँपालिका को शैक्षिक विकासमा उनीहरुको अनुभवलाई उपयोग गरिनेछ । विषयगत ११.सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपातमा दरबन्दी मिलान एवं शिक्षक सरुवालाई व्यवस्थापन गरिनेछ ।

१२. “उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान” भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि सरकारी

१३. क्षेत्रका शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिनेछ ।

१४.विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री तथा अपाङ्गतामैत्री संरचना निर्माण गरिनेछ ।

१५.सबै विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ ।

१६.गाउँपालिका क्षेत्र भित्रका गुरुकुल, मदर्शा र गुम्बा जस्ता शिक्षालयहरुको स्तरोन्नती गर्दै लगिनेछ ।

१७. शैक्षिक प्रणाली मै रूपान्तरण ल्याउन पठनपाठनको ब्यवस्थापन, अतिरिक्त क्रियाकलाप व्यवस्थपान, शैक्षिक पात्रो ब्यवस्थापन, अद्याविधक स्रोत ब्यवस्थापन, विद्यालय- अविभावक विचको सञ्चार ब्यवस्थापन, अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शैक्षिक ब्यवस्थापन सूचना प्रणाली (EMIS) लागु गर्ने नीति अवलम्बन गरिनेछ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।