स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम

१. नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँ गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्न अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा स्तरोन्नती गरी रोकथाम, निदान र पुनर्स्थापन सेवालाइ सहज र नियमित वनाइनेछ ।

२. तेमाल गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सूचना प्रविधिमैत्री बनाइनेछ ।

३. गाउँपालिका भित्र रहेको खोप केन्द्र, गाउँघर क्लिनिकहरुमा आश्यक पूर्वाधार निर्धारण गरी दक्ष जनशक्तिद्धारा समुदायमा नै स्वास्थ सेवा उलब्ध गराउने नीति लिइनेछ ।

४. जेष्ठ नागरिक अध्यक्ष कार्यक्रम सञ्चालन गरिनेछ ।

५. आमा सुरक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

६. महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रदान गर्दै आइरहेको प्रोत्सहनलाई थप गर्दै सेवा प्रवाहलाई गुणस्तरीय बनाउदै लैजाने निति लिइनेछ ।

७. तेमाल गाउँपालिका भित्र रहेको सम्पूर्ण स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८१।०८२ देखि लेखापरिक्षण गर्ने व्यवस्था मिलाउने नीति लिइनेछ ।

८. महिला सम्बन्धी पाठेघर क्यान्सर र स्तन क्यानसरको परिक्षण र उपचारको व्यवस्था गरिने नीति लिइनेछ ।

९. गाउँपालिका भित्र सकृय रहेको आमा समुहरुलाई तालिमको व्यवस्था गरिनेछ

१०. महामारी रोग नियन्त्रण गर्न आवश्यक बजेटको व्यवस्था गरिने नीति
लिइनेछ

११. नसर्ने रोग नियन्त्रणका लागि परिक्षण र उपचारको व्यवस्थालाई निरन्तरता दिइने नीति लिइनेछ ।

१२. मानसिक स्वास्थ्य सम्बन्धी रोगहरु पहिचान गरी उपचार र उद्धारको लागि दक्ष जनशक्ति परिचालन गरिने नीति लिइनेछ ।

१३. नागरिकहरुलाई मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने छ।

१४. सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको नियमित स्वास्थ परिक्षण गर्ने व्यवस्था मिलाइनेछ।

१५. बर्थिङ्ग सेन्टर र स्वास्थ क्लिनिकहरुको सेवालाइको स्तरोन्नति गर्ने क्रममा प्रयोगशाला सहितको सेवा उपलब्ध गराउने कार्यक्रम संचालन
गरिनेछ।

१६. नेपाल रेडक्रस सोसाइटी सँग सहकार्य गरी रक्त सञ्चार सेवालाई सहज तुल्याइनेछ ।

१७. आर्थिक रुपमा अति विपन्न गाउँपालिका वासीहरुको स्वास्थ जाँच र उपचारका लागि निजहरुलाई अस्पताल ल्याउन लैजान एम्बुलेन्स सेवाको प्रबन्ध गरिनेछ ।

१८. अर्गानिक खेतिको विस्तार र तरकारी तथा खाद्यान्नमा विषादीको उचित व्यवस्थापन गर्न विशेष व्यवस्था गरिनेछ ।

१९. गाउँपालिका क्षेत्र भित्र हुने परम्परागत औषधीजन्य वनस्पतिको संरक्षण, खेति प्रवर्द्धन र प्रशोधणका कार्यहरु संचालन गरिनेछ ।

२०. महिला स्वयंसेविकाहरुको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरुको सेवालाई प्रभावकारी तुल्याइनेछ ।

२१. स्वास्थ्य संस्थाहरुको प्रभावकारी सेवा विस्तारका लागि सार्वजनिक संस्था निजी क्षेत्र र गैरसरकारी संस्थाहरुसँग सहकार्यको नीतिलाई निरन्तरता दिइनेछ।

२२. स्वास्थ्य क्लिनिकहरुले प्रदान गर्ने आधारभुत सेवाहरुको शुल्कलाई नियमन गरिनेछ।

२३. स्वास्थ्य चौकीहरुमा ल्याब सेवा सञ्चालनका लागि विशेष व्यवस्था
गरिनेछ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।