कृषितर्फ

३१. किसानलाई कृषिमा आत्मनिर्भर बन्दै उत्पादन वृद्धि गर्न कृषिमा प्रविधि तथा यान्त्रिकीकरण गर्दै आधुनिक कृषिलाई बढावा दिन कृषकहरुको आवश्यकताका आधारमा मागमा आधारित कृषि यन्त्रमा अनुदान दिने कार्यलाई निरन्तरता गरिनेछ ।

३२. कृषि आधुनीकरणलाई अगाडि बढाई एक घर एक टनेल कार्यक्रम क्रमशः कार्यान्वयन गरिनेछ ।

३३. बचा सेवा केन्द्रबाट नै दिदै आएको पशु र वाली विरुवाको लागि अति आवश्यक औपत्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ । कृषकको टोल टोलमा नै पहुँच हुने गरी पशु स्वास्थ्य र कृषि घुम्ति शिविर संचालन गरिनेछ ।

३४. फलफुल, तरकारी तथा अन्नवालीहरुको पकेट क्षेत्रहरु पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरी ती स्थानहरुमा व्यावसायिक कृषि पकेट क्षेत्र निर्धारण कार्यलाई थप व्यवस्थित गरिनेछ ।

३५. कोदो, फापर र खुर्सानी जस्ता रैथाने बालीहरुको विउ संरक्षण खेती विस्तार र बजारीकरणको व्यवस्था मिलाइनेछ।

३६. कृषकहरुलाई आवश्यक कृषि औजार तथा वाली बीउहरु विशेष अनुदानमा प्रदान गरी कृषिलाई आधुनिकीकरण र व्यवसायिक उत्पादन प्रणालीमा लैजान पहल गरिनेछ ।

३७. बाख्रापालनलाई थप उत्पादनमुखी बनाउनका लागि बज्र पकेट क्षेत्रलाई बिस्तार गर्ने र उन्नत जातका बोका पाठीहरू उत्पादन गर्ने कार्यलाई प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

३८. युवा लक्षित कार्यक्रम संचालन गरी युवाहरुलाई स्वरोजगारमूलक कृषि व्यवसायमा संलग्न हुने वातावरण तयार गरिनेछ ।

३९. प्राङ्गारिक मल निर्माणका लागि गाउँपालिकाले किसानहरुलाई प्रोत्साहित गर्ने नीति अबलम्बन गरिनेछ ।

पशुपालनतर्फ

४०. प्राकृतिक रुपबाट गर्भाधान संभव हुन नसकेमा निःशुल्क कृत्रिम गर्भाधान गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

४१. विपद र महामारीका कारण पशुपालन व्यवसायमा हुने जति भरणका लागि पशु बिमा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

४२. पशुहरुमा देखिने विभिन्न रोग बिरुद्धका औषधीहरु खरिद गरी निःशुल्क रुपमा औषधी वितरण तथा कृषकहरुको घरदैलोमा उपचार प्रदान गरिनेछ ।

४३. चौरीदेउराली गाउँपालिमा भित्र गठन भएका कृषक समूह फर्म तथा सहकारीमा आवद्ध कृषकहरुलाई उत्पादन वृद्धि गर्ने खालका कार्यक्रमहरु संचालन गरी कृषकहरुलाई व्यवसायिकता तर्फ लगिनेछ ।

४४. गाउँपालिकाका सबै क्षेत्रमा कृषि तथा पशु प्राविधिकको सेवा पुर्याउने कार्यलाई निरन्तरता दिईनेछ ।

४५. पशु तथा कृषिका उत्कृष्ट कृषकलाई छनोट गरी पुरस्कृत गरिनेछ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला