बनेपा- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) काभ्रेको पहिलो भेलाले पदम कुमार तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेकाे छ । आज बनेपामा सम्पन्न भेलाले सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा नवराज फुयाँल, सचिवमा सहदेव थापा, कोषाध्यक्षमा रविन सैजु, सदस्यहरूमा दामोदर गौतम, सागर तामाङ, मिलन थापा, निरोज गेलाल र जयराम सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी भेलाले व्यवसायीहरू सुनिल गिरी, सन्तोष घिमिरे र अस्मिन थापालाई सल्लाहकारमा मनोनयन गरेको छ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल कन्सल्टेन्सी व्यवसायीहरूको छाता संगठन हो ।
कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि एवं फेकनका केन्द्रिय अध्यक्ष राजु निरौलाले एक समाराेहका बीच गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष निराैलाले विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्ने वातावरण तयार गरि अर्बौ डलर देशमा भित्र्याउन सकिने बताउँदै त्यसको लागि फेकनको तर्फबाट शिक्षा मन्त्रालय एवं प्रधानमन्त्रीलाई भेटेर सुझाव समेत प्रस्तुत गरिएको जानकारी दिए ।
यसैबीच कार्यक्रममा फेकनका केन्द्रिय महासचिव छविन्द्र ओझा, उपाध्यक्ष , सचिव इन्द्रजित गौतम, कोषाध्यक्ष दिपेन्द्र पोखरेल, गौतम पुडासैनी सह-कोषाध्यक्ष, साधारण सदस्य रामचन्द्र केसी, सदस्यहरू मन्जु लामिछाने, सञ्जय बस्नेत, साधारण सदस्य सिराज पुडासैनी, रिजनल मार्केटिङ म्यानेजर NAPS मुकेश धमला लगायत काभ्रेमा कन्सल्टेन्सी व्यवसाय गर्दै आएका व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























