पनाैती- काभ्रे जिलेलाकाे पनौती नगरपालिकाले डेंगु रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया गरेको छ । शुक्रबार पनौती नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा साे कार्यक्रम भएकाे हाे ।
पनौती नगरपालिकाले डेंगु रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्दै आएकाे छ । साेही क्रममा आज सराेकारवालाहरुसँग अन्तरक्रिया गरेकाे थियाे । कार्यक्रममा स्वास्थ्या शाखा प्रमुख जनक केसीका अनुसार पनाैती स्थायी ठेगाना भएका २५ जनामा डेंगु संक्रण देखिएको छ ।
केसीका अनुसार सरोकारवालासँगको छलफलपछि एक÷दुई दिनमै जोखिमयुक्त क्षेत्रको पहिचना, हालसम्म भएका प्रयास र आगामी योजना सार्वजनिक गर्नेछ ।
नगर प्रमुख रामशरण भण्डारीले अभिमुखीकरण कार्यक्रमपछि सचेतनाका लागि टोलटोलमा पुग्ने योजना रहेको जानकारी दिए । समय समयमा स्वास्थ्य परिक्षण गर्न उनको आग्रह छ । यस्तै उप–प्रमुख गिता बञ्जाराले वडा बाल सञ्जाल लगायतका निकायसँग समन्वय गरेर घर–घरमा सचेतना पुर्याउने गरी काम गर्ने बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, निर्देशक प्रणराज न्यौपाने, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख जनक केसी, सिनियर अधिकृत पुरुषोत्तम तिमल्सिना, अनिल ढुंगेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यचौकी इन्चार्ज लगायतको उपस्थिती रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























