काठमाडौं ।तामाङ चलचित्र संघ वागमती  प्रदेशको अध्यक्षतामा रसुवा जिल्लाको दावा फिन्जो तामाङ निर्वाचित भएको छ। द‍ोस्रो अधिवेशनबाट २१ जनाको पदाधिकारी निर्वाचित भएका छन् ।भने एक जना पहिलो बैठकबाट मनोनयन गर्ने भएको छ।

पुर्व गृहमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष, वामदेव गाैतमको प्रमुख आतिथ्यतामा
तेस्रो साधारणसभा तथा द‍ोस्रो अधिवेशन र विविध साँस्कृतिक कार्यक्रम शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ।

तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष कुमार मोक्तानको संयोजकत्वमा गठित निर्वाचन मण्डल सदस्य अमर लामा र उतर लामा रहेका समितिबाट
अध्यक्षमा दावा फिन्चो तामाङ, वरिष्ठ उपाध्यक्ष राज कुमार तामाङ, उपाध्यक्ष दिनेश तामाङ, उपाध्यक्ष रोशन तामाङ,महिला उपाध्यक्ष अनिता नेगी तामाङ,महासचिव करण तामाङ,सचिव श्याम माया गुरुङ,सहसचिव शान्ति कुमारी डिमडुन,कोषाध्यक्ष कुमारी माया ग्लान,र सहकोषाध्यक्ष रविन्द्र थिङ रहेका छन् ।भने
सदस्यमा सुनिता स्याङतन,रेश्मा दोङ,बसन्ती माया ग्लान,रोशन तामाङ थिङ,सुकुराम स्याङतन,अर्जना स्याङतन,युनिस लो तामाङ,विजय थिङ,विजय दोङ फुलमाया तामाङ चयन भएका छन् ।

तामाङ चलचित्र संघ वागमती प्रदेशको नेतृत्व लिदै गर्दा निर्वाचित अध्यक्ष दावा फिन्जो तामाङले तामाङ चलचित्रकर्मीहरुलाई केन्द्रित गरि गुणात्मक चलचित्र निमार्णमा जोड दिने बताएको छ।

चलचित्र संख्यात्मक भन्दा गुणस्तरीय चलचित्र निर्माणमा विशेष ध्यान दिन आग्रह गरि अब तामाङ चलचित्र संघ प्रदेश स्तरीय देशको सातै प्रदेशमा गठनका लागि पहल गर्ने अध्यक्ष कुमार मोक्तानले बताउनु भयो ।

तामाङ चलचित्र संघको हितको निम्ति सदैब साथमा रहने वागमती प्रदेशको पुर्व अध्यक्ष आसमान वाईवाले भन्नुभएको छ।

कार्यक्रमकबाट समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्याएकाहरुलाई सम्मान गरिएको थिए।भने निवर्तमान अध्यक्ष विनायक लोप्चन र पुर्व अध्यक्ष आसमान वाइवालाई दोसल्ला ओढएर बिदाई गरिएको थियोे ।

विशिष्ट अतिथिमा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पर्शुराम तामाङ,लिसंखु गाउँपालिका प्रमुख राजु लामा,विशेष अतिथि पुर्व रोशी गाँउपालिकाको अध्यक्ष डिबि मोक्तान ,तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन वल बुद्व शान्ति नेपालका अध्यक्ष देश माया योञ्जन, टेक मोक्तान, शिला लामा अमर लामा विशाल मोक्तान,लगायतका अतिथिहरु रहेका थियोे ।

कार्यक्रम तालिम चलचित्र संघ वागमतीको पुर्व अध्यक्ष आसमान वाईवाको अध्यक्षतामा सम्पन्न कार्यक्रम पत्रकार सुदिन दोङले सञ्चालन गरिएको थिए।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला