काभ्रे । प्रदेश युवा परिषद बागमतीको आर्थिक सहयोग तथा जिल्ला यूवा समिति काभ्रेको आयोजनामा बनेपामा दुई दिने महिला आत्मरक्षा तालिमको आज शनिबार बनेपामा सम्पन्न भएको छ । महिलाहरुमा हुने शारिरिक तथा मानसिक हिंसा न्युनिकरणको लागि उक्त तालिमको आयोजना गरिएको हो ।
शुक्रबार देखि सुरु भएको तालिममा बनेपा पिपल्स बहुमुखी क्याम्पसका ३० जना छात्राहरुको सहभागी थियो । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, कुटपिट जस्ता घटना मौलाउदै गएको बेला काभ्रे जिल्लाको बनेपामा पिपल्स बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई दुई दिने तालिम दिइएको थियो ।

समापन कार्यक्रमलाई सम्बोन्धन गर्दै जिल्ला यूवा समितिका काभ्रेका अध्यक्ष प्रकाश थापाले तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिएको जानकारी दिए ।

किशोरी, बालिका र महिला घरपरिवार, विद्यालय र कार्यक्षेत्रमा असुरक्षित भएको रिर्पोटको आधारमा सुरक्षित बनाउनका लागि आत्मरक्षा विषयक तालिम हरेक वर्ष विद्यालयका विद्यार्थीलाई दिईने गरेका अध्यक्ष थापाले जानकारी दिए । गतवर्ष रोशीको विद्यालयका ४० जना छात्राहरुलाई तालिम दिइएको बताए ।

कार्यक्रममा पिपल्स बहुमुखी क्याम्पसका प्रमुख सूर्य प्रसाद पौडेल, जिल्ला युवा समितिका सदस्य सुरेन्द्र शाह, प्रेंस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ लगायतको उपस्थिती थियो । तालिमको प्रशिक्षक रुपा थापा र निर्मला राउत थिए । प्रशिक्षकद्धयले सैदान्तिक र प्रयोगात्मक तथा फिजिक्ली तालिम दिएका थिए ।
तालिमको उद्धघाटन जिल्ला समवन्य समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले गरेका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला