मण्डनदेउपुर- काभ्रे जिल्लाकाे मण्डनदेउपुर नगरपालिकामा २१ औं राष्ट्रिय धान दिवसका अवसरमा  बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ र नगरप्रमुख टोक बहादुर वाईबा लगायतका जनप्रतिनिधिहरुले धान राेपेका छन् । वडा नम्बर ९ धाइटारमा जनप्रतिनिधिहरुले किसानसँगै धान राेपेका हुन् ।

मन्त्री, जनप्रतिनिधि र कर्मचारीहरुले मेसिनबाट धान रोपेका थिए । धान रोपाई अघिको छोटो औपचारिक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ धनको उत्पादन बढाउन राम्रो बीउ, मलको पर्याप्तता र सिंचाईमा बागमती प्रदेश सरकारले लगानी बढाएको बताउँदै  कोल्ड स्टोर निर्माणका लागि नगरपालिकासँग साझेदारी गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले किसानको हितमा काम गर्न नसक्दासम्म दिवसहरुको औचित्य पुष्टि नहुने दाबी गर्दै किसान र कृषि पेसाप्रति सबैले सम्मान गर्नुपर्नेमा जाेड दिए ।

त्यसैगरी नगरप्रमुख वाईबाले धान खेतीमा लाग्न किसानहरुलाई आग्रह गरे । ‘हाम्रो नगरपालिकाको धेरै फाँटमा दुई सिजनमा धान खेती हुन्छ । तर पछिल्लो समय किसानले चैते धान निकै काम रोपेको पाइन्छ । नगरप्रमुख वाईबाले भने ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपाल, राष्ट्रिय किसान आयोगका आयुक्त जिवन्ती पौडेल, राष्ट्रिय कृषक महासंघको अध्यक्ष राधा निरौला, राष्ट्रिय कृषि सहकारी महासंघका सदस्य सुमन नेपाल लगायतका सहभागी थियाे ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला