नमाेबुद्ध- काभ्रे जिल्लाकाे नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि नगर सभामा पेश भएकाे बजेट सर्वसम्मत पारित भएको छ । नगर उपप्रमुख रत्न लामाले दाेस्रो नगर सभाकाे पाँचाै बैठकमा बजेट पेश गरेका थिए ।
यसैबीच दोस्रो नगर सभाको पाचौं अधिवेशनको तेस्रो बैठकमा निर्णयार्थ प्रस्तुत भएका बैठकले विनियोजन विधेयक, आर्थिक विधेयक पारित भएकाे छ ।
असार ७ गते नगर प्रमुख कुनसाङ लामाले पेश गरेको आर्थिक बर्ष २०८१/८२ को लागि बार्षिक नीति तथा कार्यक्रम पनि पारित भइसकेको छ ।
असार १० गते पाचौं अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख लामाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ ५९ पैसाको अनुमानित आय र व्ययको अनुमान प्रस्तुत गरेका थिए । चालुतर्फ १७ करोड २ लाख २१ हजार ८ सय १३ रुपैयाँ ५९ पैसा र पुँजीगततर्फ ६० करोड ८ लाख २४ हजार ६ सय ३० रुपैयाँँको बजेट प्रस्ताव गरिएको थियो ।
सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले पेश गरेको आर्थिक बर्ष २०८०/ ८१ को आर्थिक विधेयक र विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले पेश गरेको विनियोजन विधेयक पनि सर्वसम्मतिले पारित भएको छ ।
नगर सभाले नमोबुद्ध नगरपालिकाको दलित सशक्तिकरण ऐन पनि पारित गरेको छ । कार्यापालिका सदस्य शुशिला परियारले पेश गरेको विद्येयक नगर सभाले सर्वसम्मतले पारित गरेको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।