भक्तपुर । तामाङ कलाकार संघका अध्यक्ष एवम् लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको नयाँ गीत “बर्षाको मौसम “बोलको गीत बजारमा सार्वजनिक छ।
यो वर्षादको समय हो। सिमसिम पानी पारिरहेको छ।सबैतिर हरियाली छ। साथै हाम्रो मायामा पनि सधैं हरियाली होस् भनेर यस्तै समय अनुरुप बर्षाको मौसम नामक गीत बजारमा ल्याएको छ।
लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तन तामाङ सांगीतिक क्षेत्रमा निकै व्यस्त गायकको रुपमा चिनिन्छ। उहाँको तामाङ गीत, तामाङ सेलोहरु करिव २ दर्जनौं भन्दा धेरै गीत हरुले आम दर्शक मन जितेका छन् ।
यो नयाँ नेपाली “बर्षाको मौसम”गीतको शब्द सन्ध्या सुस्केरा मोक्तानकी रहेका छिन् । संगीत र आवाज विशाल काल्तनको रहेको छ।
गीतको एरेञ्ज र मिक्सिङ दिपेश प्रधानले गरिएको हो।भने गीतमा गायकद्वय स्वयंमले भिडियोको विशेष भुमिका निर्वाह गरिएको छ।
निरोज तामाङले छायांकन कोरियोग्राफी गरेको भिडियोको कलर इडिट सुर्य लामाले गरिएका छन् ।
बर्षाको मौसम Bishal Kaltan अफिसियल च्यानलबाट बजारमा सार्वजनिक भएको हो।
गीत हेर्नुस्