बनेपा– काभ्रे जिल्लाकाे बनेपा नगरपालिकामा रहेकाे आदर्श विद्या मन्दिर (एबिएम) स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ । आज (विहिबार) एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सिका प्रमुख एवं आइएसओका प्रतिनिधि शैलेन्द्र खरेलले एक कार्यक्रमकाबीच आइएसओ प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले काभ्रेको विद्यालयले शिक्षा क्षेत्रमा गुणस्तरीयताको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु गौरवको विषय भएको बताउँदै शिक्षाको विकासबिना अन्य क्षेत्रको विकास सम्भव नरहेको बताए ।
एबिएम स्कुलका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले २०६० सालदेखि नै विद्यालयले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको बताउँदै एबिएमले सिकाईमा नविनतम विधिसँगै विज्ञसँगको परामर्श र सल्लाहमा शिक्षण सिकाई गराउँदै आएको जानकारी दिएका थिए ।
कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, आइएसओका प्रतिनिधि रामहरी रिजाल, राज खतिवडा, प्याब्सनका केन्द्रिय महासचिव भिमसेन केसी, विभिन्न विद्यालयका प्रधानाध्यापक, क्याम्पस प्रमुख लगायतको सहभागीता थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।