काठमाडौं । कान्छा तामाङक‍ो वास्तविक कथामा आधारित “जीवन कथा भाग-१” गीत विमोचन भएको छ।

शुक्रबार बाैद्वको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त गीत म्युजिक भिडियो विमोचनको साथमा काभ्रे जिल्ला रोशी गाउँपालिका वडा ५ का वर्ष ६० को क्यान्सर पीडित कलाकार बाबू लामालाई पचास हजार रुपैयाँ हस्तान्तरण पनि गरिएका छन्।

रसुवा जिल्ला कालिका गाउँपालिका वडा १ रम्चेका कान्छा तामाङ करिव पाँच वर्षका कलिला अबोध बाल्यकाल बाट नै निकै दुख कष्टकर परिस्थिति भोगेका  पिडा यस गीत र संगीतका माध्यमबाट प्रस्तुत गरिएको छ।३५ मिनेटको लामो भिडियोमा कान्छा तामाङको हृदय वितरक पीडा जीवनमा घटेका घटनाको मर्मस्पर्शी दृश्यहरु देख्न सकिन्छ । भनिन्छ नि दुखपछि सुख अाउछ भनेर। कान्छा तामाङलाई जीवनमा आउने दुखका अाँधी हुरीले हजारौं पटक ढलाए। तर हिम्मत हारेनन्।दुखलाई नजिकबाट बुझेर संघर्ष गरिएको कान्छा तामाङले इन्जिनियरिङ काम गर्नु भएको छ विगत १३ वर्ष देखि हाल नाइजेरियामा बस्दै आउनु भएको छ।

कान्छा लामाको शब्द, तामाङ कलाकार संघका पुर्व अध्यक्ष एवम् तामाङ सेलो जगतका चर्चित गायक तथा संगीतकार विश्व द‍ोङको संगीत र एरेञ्ज रहेको छ। भने संगीतकारद्वय स्वयंम र चर्चित गायिका सुमिना लो को सुमधुर आवाज रहेका छन् ।

मिस्टर काजीद्वारा निर्देशन गरिएको भिडियोमा तामाङ चलचित्रका हास्य कलाकार कुईसाङ रुम्बा भूईसाल तामाङ र नायिका सुस्मा मोक्तान र कान्छा तामाङले मुख्य भुमिका निभाउनु भएको छ।

भिडियोमा धावा लाक्पा तामाङ,कृष्ण बहादुर तामाङ, बाबु तामाङ, विष्णु तामाङ प्रेम बहादुर तामाङ,छेसाङ तामाङ,प्रकाश तामाङ,मिन तामाङ, पुर्ण तामाङ आकाश तामाङ, रेशम तामाङ पासाङ तामाङ शान्ते तामाङ,रेशम लामा लगायतका कलाकारहरु अभिनय गरिएका छन् ।

छायांकन र भिडियो सम्पादन त्रिलोक लामा र ड्रोन क्याप्टेन पेमा टासी वाइवा रहेको छ।भने अडियो मिक्सिङ दिपेस प्रधानले गरिएको हो।

जीवनको कथा भाग – २ पनि चाडैं बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको निर्माणपक्षले बताएको छ। यस
म्युजिक भिडियो लोकप्रिय गायक तथा संगीतकार विश्व दोङको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।

वास्तविक कथा भिडियो हेर्नुस्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।