काठमाडौं । यूथ कृयशन नेपाल द्वारा आयोजित फेस अफ तामाङ किड्स २०२४ को शनिबार बौद्ध जोरपाटी स्थित स्हेनोर हाउसमा पहिलो अडिसन सम्पन्न भएको छ|

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक , नूवाकोट, धादिङ, रसुवा, मकवानपुर, काठमाडौँ लगायत विभिन्न जिल्ला हरुबाट अडिसनमा भाग लिएको थियोे ।

सम्पन्न अडिसनको निर्णायक मण्डलमा गायिका तथा संन्चारकर्मि सञ्चारकर्मी निर्मला घिसिङ , बर्लूम्हेन्दो डिजीटल प्रा.ली.को संस्थापक तथा म्हेन्दोमाया कलाकार एम बि गूरुङ, तामाङ चलचित्रका नायक एवम् निर्देशक बिनायक तामाङ र तामाङ कलाकार तथा नायिका स्याम माया गूरुङ तामाङ रहेका थिए।

तामाङ इतिहासमै पहिलोपटक फेस अफ तामाङ किड्स-२०२४ ले तामाङ समुदायका बालबालिहरुका अनुहारलाई विश्व सामु पुर्याउने, तामाङ समुदायको कला संस्कृति, भाषा, भेषभुषा, रहनसहन, जातियता र साँस्कृतिक परिवेशको महत्व, गरिमा र आवश्यकतालाई बालबालिकाहरुमा जानकारी, चेतना र जागरुकता वृद्धि गर्नुका साथै बालबालिकाहरुमा निहित अन्तर्निहित प्रतिभा, आत्मविश्वासको विकास सशक्तीकरणमा विशेष जोड दिने यूथ कृयशन नेपालका अध्यक्ष रवि तामाङले जानकारी दिएको छ।

फेस अफ तामाङ किड्समा सहभागी बालबालिकाहरुलाई विभिन्न दक्ष तथा अनुभवी प्रशिक्षकहरुमार्फत व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, संचारकलाको विकासका साथै समग्र स्टेज प्रस्तुतिकरण सम्बन्धी प्रशिक्षण प्राप्त दिने आयोजकले बताए । कार्यक्रममा विजेता, उपविजेता लगायत विभिन्न विधामा सहभागिहरुलाई पुरस्कृत गरिने जानकारी दिए ।

युथ क्रिएसन नेपालका अध्यक्ष रवि लामाले जानकारी दिए अनुसार अडिसनमा सहभागी हुनाका लागी ६ बर्ष देखि १३ बर्ष उमेर समुहका बालबालिकाहरुले फेस अफ तामाङ किड्सको पेज अफिसियल फेसबुक पेजबाट अनलाइनमार्फत फारम भर्न सक्नेछन् । फारम शुल्क रु १ हजार निर्धारण गरिएको आयोजकले जानकारी दिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।