नमाेबुद्ध– काभ्रे जिल्लाकाे नमाेबुद्ध नगरपालिकाका शिक्षकहरुले नगरपालिकाकाे विरुद्ध आन्दाेलनमा उत्रिने चेतवानी दिएका छन् । नगरपालिकाले व्यक्तिगत प्रतिशोधका आधारमा आफरुहरुलाई सरुवा गर्ने निर्णय गरेकाे भन्दै नेपाल शिक्षक महासंघ लगायतका शिक्षाक संगठनहरुले ४ बुँदे माग सहित आन्दाेलनमा उत्रिने चेतावनी दिएका हुन् ।
विहिबार नमाेबुद्ध नगरपालिका शिक्षाा, युवा तथा खेलकुद शाखामा साे माग रहेकाे ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउनेमा एमाले, काँग्रेस र माओवादी केन्द्रसँग आबद्ध शिक्षक संगठनहरु रहेका छन् ।
ज्ञापन पत्रमा नेपाल शिक्षक संघका अध्यक्ष दिनेश अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष महेश प्रसाद कोइराला, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कुलचन्द्र खनाल र नेपाल शिक्षक महासंघका अध्यक्ष पंच सिं लामाले हस्ताक्षर गरेका छन् ।
यी हुन् मागहरुः
१. संघीय शिक्षा ऐन संघीय संसदमा विचाराधीन रहेको अवस्थामा यस नमोबुद्ध नगरपालिकाले सम्बन्धित सरोकारवालाहरुसँग कुनै समन्वय नगरी गरिएको शिक्षक सरुवा अवैधानिक, पूर्वाग्रही, स्वेच्छाचारी, अव्यावहारिक र अलोकतान्त्रिक रहेकोले तत्काल बदर गरियोस् । २. शिक्षकको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुन्याउने, समग्र नगरको शैक्षिक अवस्थालाई तहसनहस पार्ने गरी व्यक्तिगत प्रतिशोधका आधारमा गरिएको सरुवा निर्णयप्रति हाम्रो असहमति छ ।
३. लामो समयसम्म शिक्षण गरी जीवनका उर्जाशील समय व्यतित गर्नु भएका बालविकास कार्यकर्ता देवकी पौडेललाई गरिएको अवकाश तत्काल बदर गरियोस् ।
४. यस नमोबुद्ध नगरपालिकाभित्र कार्यरत रहेका शिक्षकहरु माथि गरिएकी अन्यायपूर्ण सरुवा निर्णय बदर नगरिएमा हामीलाई चरणबद्ध आन्दोलनका कार्यक्रमहरु तय गर्न बाध्य नपारियोस् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।