चौंरीदेउराली– काभ्रे जिल्लाकाे चौंरीदेउराली गाउँपालिकाले सबै तहका प्रधानाध्यापककाे मासिक भत्ता बृद्धि गरेकाे छ । आर्थिक वर्ष २०८१/०८२ देखि लागु हुने गरेर गाउँपालिकाले प्रधानाध्यापककाे मासिक भत्ता बृद्धि गरेकाे शिक्षाा प्रमुख कालीप्रसाद पाण्डेले जानकारी दिए ।

चौंरीदेउराली गाउँपालिका भित्रका विद्यालयहरुमा प्रध्यानाध्यापकहरूलाई उत्साह दिएर शैक्षिक गुणस्तर कायम गर्नका लागि प्रध्यानाध्यापकहरूले मासिक रूपमा पाउँदै आएको भत्तामा वृद्धि भएको गाउँपालिका अध्यक्ष रेणुका चाैंलागाईंले बताए । चौंरीदेउराली गाउँपालिका गाउँ सभाको १४औँ बैठकद्वारा शिक्षा सुधार र व्यवस्थापनका लागि शिक्षा समिति तथा अन्य सम्बद्ध निकायहरूको अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई मध्यनजर गर्दै तिन वटा तहका प्रध्यानाध्यापकहरूको मासिक भत्ता बृद्धि गरेकाे अध्यक्ष चाैंलागाईंले जानकारी दिए ।

आउने चालु शैक्षिक सत्रको पहिलो महिनाबाटै कार्यान्वयन गर्ने निर्णय गरे अनुसार चौंरीदेउराली गाउँपालिकाभित्रका विद्यालयमा कार्यरत मावि तहको प्रअको मासिक भत्ता २५ सय, निमाविका प्रअको १५ सय र प्राविका प्रअको १ हजार रुपैयाँ हुने भएको छ। यस अघि मावि तहका प्रअले ५ सय रुपैयाँc, निमावि तहका प्रअले ३ सय रुपैयाँ र प्रावि तहका प्रअले २ सय रुपैयाँ पाउँदै आएकाे थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।