काठमाडौं । नेपाल आधुनिक र  तामाङ सेलो जगतकी चर्चित गायिका रेश्मा बोम्जनको नयाँ गीत “भकारी बुन्ने” बोलको गीत बजारमा सार्वजनिक भएको छ।

गायक तथा संगीतकार जीवन बोम्जनको शब्द, प्रकाश लामा संगीत रहेको गीतमा गायिका रेश्मा बोम्जन ,युवा गायक निमा लामा पाख्रिनको आवाज रहेका छन् ।

भिडियो तर्फ युवा निर्देशक प्रतिक ङेसुरद्वारा निर्देशित भिडियोमा विशेष भुमिका निर्देशक स्वयम् प्रतिक ङेसुर र २०२४ का मिस तामाङ विजेता मिस तामाङ रिया लामाले मुख्य अभिनय गरिएको छ।

त्रिलोक लामाको छायांकन,लाक्पा तामाङको क‍ोरियाग्राफी रहेको भिडियो सम्पादन र कलर अमृत चापागाईंको अहम् भुमिका निर्वाह गरिएका छन्

महाराज थापाको एरेञ्जमा गीतका मिक्सिङ अर्पण थिङले गरिएको थियो।

चर्चित गायिका रेशमा बोम्जनकी आम दर्शकहरुले निकै रुचाएका गीतहरु डम्फू त मेरो ,तामाङकी छोरी,अोई सानी,मुंगुको माला,यो दिलैमा,कोईराला काठे डम्फू र मायाले भरियो दिल जस्तै दर्जनौं गीतहरु चर्चामा रहेका छन् ।

यस् म्युजिक भिडियोलाई गायिका रेश्मा बम्जनकी अफिसियल युट्युब च्यानलबाट शुक्रबार बजारमा सार्वजनिक भएको छ।
भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।