खानीखाेला – काभ्रे जिल्लाको खानिखोला गाउँपालिका वडा न: ५ गैरिखोला तालढुङ्गामा खानेपानी आयोजनाको उदघाटन गरिएको छ । खानेपानी आयोजनाको उद्घाछन गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ( छिन्ताङ) ले एक समाराेहका बीच उदघाटन गरेका हुन् ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमति प्रदेश कार्यालय सिन्धुली तथा खानिखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनश्रमदानमा निर्माण सम्पन्न भएको थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष थिङ्ले जीवनमा स्वच्छ खानेपानीको धेरै महत्व रहेको बताउँदै काभ्रेको बिकट मानिने खानिखोलामा आफू निर्वाचित भए पछि सातै वडामा एक घर एक धारा बनाइने लक्ष्य रहेको आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘निर्वाचनकाे क्रममा हामीले हाम्राे गाउँपालिकाकाे सबै वडामा स्वचछा खानेपानी सहितकाे एक घर एक धारा निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका थियाैं ।’ थिङले भने, ‘जनतासँग गरेकाे बाचा पूरा गर्ने क्रममा हामीले आज एक घर एक धारा कार्यक्रम अन्तरगत खानेपानी आयाेजनाकाे उद्घाटन गरेका छाैै ।’

उनले यस ठाउँका अन्य आवश्यकिय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत नागरिकको आयआर्जनमा जोड्दै कृषिको क्षेत्रमा समेत बिभिन्न योजनाहरु ल्याउने बताउँदै निर्माण भएको खानेपानीको संरचनाको संरक्षण गर्दै प्रयोग गर्न लाभग्राहीहरुसँग अनुराेध समेत गरे ।

पालिका सरकार २५ लाख र नेवा बागमती प्रदेश कार्यलय सिन्धुलीको साझेदारीमा श्रमदान, गरी १ करोड ६ लाख लागतमा साे आयाेजना सम्पन्न भएकाे हाे । यस खानेपानी आयोजनाबाट १४५ घर धुरीमा १४१ वटा धारा निर्माण गरि बितरण भएको छ । २०८० साल साउन १ गते सम्झौता भएको उक्त खानेपानी आयोजनाको समयमानै निर्माण सम्पन्न गरेकोमा स्थानीय नागरिक हर्षित भएका छन् । खानेपानी घर घरमा पुगेपछि बर्षौ देखिको खानेपानीको समस्या समाधान भएको स्थानीयले बताएका छन् ।

कार्यक्रममा वडा अध्यक्षहरु ५ नम्बर बुद्धि बहादुर स्याङ्तान, ४ नम्बर वडा अध्यक्ष निशान मोक्तान, १ नम्बर वडा अध्यक्ष सन्चमान थिङ लगाएत युवा नेता स्थानीयहरु जीवन घिसिङ, केशव आचार्य , खडक बिक, टीका थिङ, केशव बन्जरा, पहरी हवालदार सागर चौधरी,नेवा प्रतिनिधि रमेश पन्त, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर थोकरकाे सहभागी थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।