काठमाडौं । तामाङ सांगीतिक क्षेत्रमा सम्भावना बोकेको युवा गायक कान्छा रिदम तामाङ क‍ो नयाँ गीत गोङ्मो नामक गीत शुक्रबार सार्वजनिक तयारीमा जुटिरहेको छन्।

यो गीतले तामाङ सांगीतिक दुनियाँमा एक पृथकता र उर्जा थप्ने सक्ने गीत रहेको युवा गायक कान्छा तामाङ रिदम ले बताएको छ।

“ङाला देन्बा मायारी एसेम् लुसिन छल लाजिम्
एला मिरी माया म्राङ्बा थेनोन् ङाला भूल ताजिम्”भन्ने निकै मार्मिक शब्दले मन छुने खालको रहेको छ।

युवा गीतकार कुमार बम्जन तामाङले रचना गरेका हुन् ।गीतकारले एउटा चोखो मायाको सम्बन्धमा कस्तो हुनुपर्छ ? मैले तिमीलाई चोखो माया साच्चिकै हृदयबाट गरिएको थिए तर त्यो नै मेरो जिन्दगीको भूल भएछ। भनेर शब्द निकै साहित्यबाट प्रस्तुुत गरिएको छ।
यो गीतले माया गर्नेहरुका लागि प्रेरणा मिल्ने विश्वास लिएका छन् ।

गीतको संगीत तामाङ कलाकार संघको अध्यक्ष एवम् तामाङ सेलो जगतका एक प्रतिष्टित गायक तथा संगीतकार विशाल काल्तनले  संगीत संयोजन गरिएको हो।

यस् गीतमा युवा गायक कान्छा रिदम तामाङको  सुमधुर आवाज रहेको छ।गीतको एरेञ्ज कुशल एरेञ्जर बुद्ध स्याङबाले आफ्नो कुशलता देखाएका छन् ।भने अडियो मिक्सिङ किशोर थापाले गरिएको हो।

उक्त गोङ्मो नयाँ गीतलाई गायक कान्छा तामाङ रिदमको अफिसियल च्यानलबाट सार्वजनिक हुने भएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।