काठमाडौं  । क्यान्सर पीडित याङरी माया स्याङ्तानलाई एक लाख छ हजार पैसठी नगद सहयोग हस्तान्तरण गरिएको छ।

स्याङ्तान लामो समयदेखि मेरुदण्डमा क्यान्सरबाट पीडित भई थलीएकी स्याङ्तानको उपचारका लागि यस रकमले महत्त्वपूर्ण सहयोग पुर्‍याएको छ।

तामाङ समाज क्रोसियाको सचिब तथा समाजसेवी बुद्ध लामाको संयोजकत्वमा सञ्चालित यो अभियानमा तामाङ समाज क्रोसियाका उपाध्यक्ष प्रकाश चन्द्र तामाङ, कोषाध्यक्ष दीपा तामाङ गोले, र अन्य सदस्यहरूको समन्वयमा उठेको एक लाख एक हजार पैसठी रकम साथै समाजसेवी प्रबल थिङद्वारा ५ हजार गरि “एक लाख छ हजार पैसठी” नगद बागमती प्रदेश सभा सदस्य माननीय कुमारी तामाङको हातबाट पीडितलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो।

यो रकम हस्तान्तरण हस्तान्तरणले तामाङ समाज क्रोसियाको परोपकारी भावना र सामाजिक उत्तरदायित्वलाई पुनः एकपटक उजागर गरेको छ। यसै सिलसिलामा तामाङ समाज क्रोसिया र समाजसेवी प्रबल थिङले याङरी माया स्याङ्तानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, सहयोग प्रदान गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

तामाङ समाज क्रोसियाले याङरी माया स्याङ्तानलाई सहयोग गर्दै अन्य दुःखी, अनाथ, र असहायहरूको हकमा पनि लगातार सहयोग प्रदान गर्दै आएको छ। यस अर्थपूर्ण कदममा साथ दिने सम्पूर्णलाई स्याङ्तानले पुनः धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेकी छन्।

तामाङ समाज क्रोसिया र समाजसेवी प्रबल थिङले गरेको यस उदाहरणीय कार्यले समाजमा एकता र सहयोगको भावना प्रवर्धन गरेको छ। यस कार्यले पीडितको उपचारमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको मात्र नभई समाजमा एकता र सद्भाव पनि सिर्जना गरेको छ।

कार्यक्रममा तामाङ समाज क्रोसियाका सदस्यहरू, स्थानीय नेताहरू, र समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा पीडित स्याङ्तानले समाजका सबै सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै भावी उपचारका लागि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन्।

यो सहयोग हस्तान्तरण कार्यक्रमले तामाङ समाज क्रोसिया र समाजसेवी प्रबल थिङको परोपकारी भावना र सामाजिक जिम्मेवारीलाई पुनः एकपटक उजागर गरेको छ। पीडित याङरी माया स्याङ्तानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, सहयोग प्रदान गर्ने सबैलाई तामाङ समाज क्रोसिया र समाजसेवी प्रबल थिङले विशेष धन्यवाद दिएका छन्।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।