धुलिखेल– काभ्रे जिल्लाकाे धुलिखेल नगरपालिकामा रहेकाे धुलिखेल सामुदायिक अस्पतालले सेवाग्राहीकाे अबको केही वर्ष वा दशकमा के रोग लाग्न सक्ने कुनै जोखिम छ भने त्यसको रोकथाम गर्ने भएकाे छ । आज अस्पतालमै एक पत्रकार सम्मेलन गरि साेकाे जानकारी दिएकाे हाे ।
जेनोप्लानका बारेमा जानकारी दिदै गाईनेकोलोजिस्ट प्रा. डा. आभाले अबको केही वर्ष वा दशकमा के रोग लाग्न सक्छ भन्ने जिज्ञासा छ ? त्यस्तो कुनै जोखिम छ भने त्यसको रोकथामका उपायहरु अपनाउन प्रयास गर्नु पर्छ । यही जिज्ञासाको समाधानको रुपमा जेनोप्लान नामक टेष्ट उपलब्ध रहेकाे जानकारी दिए । ‘जेनोप्लान अन्तर्गत मानिसको मुखभित्रको स्वाब (र्यालको स्वाब) निकालेर त्यसलाई परीक्षण गरेर व्यक्ति विशेषमा वंशाणुगत, पारिवारिक तवरमा सर्ने रोग, क्यान्सर वा अन्य मेटाबोलिक रोगहरु (मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल आदि) लाग्न सक्ने जोखिमको आँकलन गरिन्छ । यसरी समय कुनै रोग वा स्वास्थ्य समस्या लाग्न सक्ने जोखिम थाहा पाएपछि निश्चय पनि रोकथामका उपायहरु गर्न सकिन्छ ।’ उनले भनिन् ‘रोकथामका उपायहरु अपनाउन थालेको खण्डमा वा आफ्नो दैनिकी वा जीवनशैलीमा परिवर्तन ल्याएको खण्डमा निश्चयपनि ती घातक वा दीर्घरोग लाग्न पाउँदैन वा त्यसलाई समयमै सम्बोधन गर्न सक्यो भने लामो आयु बाँच्न सकिन्छ । धुलिखेल अस्पतालले हालै यही जेनोप्लान टेष्टको सेवा थालनी गरेको छ ।’
जेनोप्लानको माध्यमबाट र मिर्गौलाको पत्थरी लगायतकोसमस्याका लागि अत्याधुनिक प्रविधी (थुलियम लेजर प्रविधि) शुरु गरेकाे जानकारी दिँदै उपचार विधीका बारेमा समेत जानकारी दिएकाे छ । जेनोप्लान मार्फत मानिसको मुखभित्रको स्वाब (र्यालको स्वाब) निकालेर त्यसलाई परीक्षण गरेर व्यक्ति विशेषमा वंशाणुगत, पारिवारिक तवरमा सर्ने रोग, क्यान्सर वा अन्य मेटाबोलिक रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल आदि लाग्न सक्ने जोखिमको आँकलन गर्न सकिने गाईनेकोलोजिस्ट प्रा. डा.आभा श्रेष्ठले जानकारी दिइन् ।
मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने लगायतका पिसाब नलीका समस्याको लागि अत्याधुनिक प्रविधी (थुलियम लेजर प्रविधी)मा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मुत्रनली मार्फत पठाएर मिर्गौलाका रहेको पत्थरी पत्ता लगाई लेजर प्रविधीबाट मिर्गौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकाल्न थुलियम लेजर प्रविधी प्रयोग गरिने युरोसर्जन डा.सुजन माकजुले बताए ।
अस्पतालमा कार्यरत प्रवक्ता एवं बरिष्ठ स्त्रि रोग विशेषज्ञ प्रा.डा सुमनराज ताम्राकारका अनुसार अस्पतालले पछिल्लो समय नयाँ प्रविधी सहितका उपकरण मार्फत विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।