धुलिखेल– विश्व स्वास्थ्य संगठनले काभ्रे जिल्लाकाे धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ शहर घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा.सुभाजी गुडद्वारा मंगलबार धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ शहर घोषाणा गरेको हाे ।

धुलिखेललाई स्वस्थ शहर घोषणासँगै गुडले ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने निर्णय समेत सार्वजनिक गरेको छ । ‘विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिका स्वस्थ शहर घोषणा गरेको छ ।’ नगर प्रमुख अशोक ब्याञ्जुले भने– ‘यो निर्णयले सिंगो नेपाल र काभ्रेपलाञ्चोक जिल्लाबासीका साथै धुलिखेल नगरबासी खुशी छौ । खुशीसँगै अवसर र चुनौती दुबै प्राप्त भएको महसुस गरेका छौं ।’

लगातार २ वर्ष देखि धुलिखेल नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी अनुगमन र मुल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनले ६२.४८ अंक प्रदान गरी दक्षिण पुर्व एशियाको दोश्रो तहको स्वस्थ शहर घोषणा गर्ने निर्णय सार्वजनिक गरेको हो ।

विस्व स्वास्थ संगठनको मापडण्द पुरा गरेर स्वास्थ क्षेत्रको नीतिगत सुधार,दिगो बिकास लक्ष्य, बातावरणीय सुधार, गरिब नागरिकहरुको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायीक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतीलाई आधार मानेको छ । धुलिखेल नगरपालिकाले बिश्व स्वास्थ संगठन मार्फत सर्ने र नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ्य, दलित र गरिव समुदायको स्वास्थ्यमा दिगो बिकासको स्वास्थ्य लगायत शहरी स्वास्थ्य सुशासनमा काम गर्ने नगर प्रमुख ब्याञ्जुले बताए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।