काठमाडौं । युवा गायक तथा संगीतकार  प्रतीक मोक्तान र गायिका  काजल बम्जनको आवाजमा रहेको “जिरे मर्ची पेरेरे” गीतले श्रोता-प्रेक्षकलाई आकर्षित गर्दै छन् ।

सुदाम पाख्रिनको प्रस्तुति “जिरे मर्ची पेरेरे” नामक गीतले तामाङ सांगीतिक क्षेत्रमा नयाँ उचाइमा पुग्दै चर्चा बटुल्दै छ। यो गीतले श्रोता-प्रेक्षकलाई आकर्षित गर्न सफल हुनुमा गीतको शब्द, संगीत, र गायक-गायिकाको स्वरको महत्वपूर्ण भूमिका रहेको छ। गीतमा प्रतीक मोक्तान र काजोल बम्जनले आफ्नो स्वरको जादू देखाएका छन्। प्रतीक मोक्तानको स्वरमा पाइने गहिराई र काजोल बम्जनको स्वरमा पाइने मिठासले गीतलाई अनौठो र मनमोहक बनाएको छ। गोरखा घिसिङले लेखेका गीतका शब्दहरूले गीतलाई एकदमै अर्थपूर्ण बनाएको छ।

प्रतीक मोक्तानकै संगीतमा तयार भएको यो गीतले सुन्ने जो कोहीलाई पनि रमाइलो अनुभूति गराउँछ। संगीत संयोजनको क्रममा प्रयास दोङले उत्कृष्टता प्रस्तुत गरेका छन्, जसले गर्दा गीतको मिक्सिङ पनि अत्यन्तै सफल भएको छ। यस गीतलाई मिनशेङ स्टुडियोमा रेकर्ड गरिएको छ, जसले गीतको गुणस्तरलाई अझै माथि उठाएको छ।

कला र सौन्दर्यताको संयोजन गर्न कुङ्बो प्रोडक्सनले गीतको डिजाइनमा विशेष योगदान दिएको छ। डिजाइको परिपक्वता र गीतको प्रस्तुतिले गर्दा यो गीतले सांगीतिक क्षेत्रको नयाँ आयाम र सफलता हासिल गर्ने सम्भावना छ। साथै गायक-गायिकाको आवाज, गीतका शब्द, संगीत र प्रस्तुतिका हिसाबले “जिरे मर्ची पेरेरे” गीतले तामाङ सांगीतिक क्षेत्रमा लामो समयसम्म यादगार रहन सक्ने सम्भावना राख्दछ। यस गीतलाई  सेलो क्रियशनको अफिसियल च्यानलबाट सार्वजनिक गरेको छ।
गीत सुन्नुहोस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।