काठमाडौं– मम्स इन्टरनेशनल नेपालको आयोजनामा रसुवा जिल्लाको गत्लाङस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय आमाछोदिङमो गा.पा वडा ३ मा एक महत्त्वपूर्ण शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना हुन गइरहेको छ। यो कार्यक्रम २०८१ साल असोज २ गते आयोजना हुने तय भएको छ, जसमा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनुका साथै वातावरण संरक्षण, पुनरुत्थान, र मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको छ।

‘शिक्षामा निरन्तरताका लागि शैक्षिक अभियान’ भन्ने नाराका साथ सुरु गरिएको यस कार्यक्रमले विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएर उनीहरूको पठनपाठनमा सहयोग पुर्याउने योजना बनाइएको छ। विद्यालयको शैक्षिक वातावरण सुधार गर्न र विद्यार्थीहरूको ज्ञान र क्षमतामा वृद्धि गर्न यस किसिमका सामग्री वितरण कार्यक्रमहरूको महत्त्वपूर्ण योगदान रहन्छ। यो कार्यक्रमले खासगरी ग्रामीण क्षेत्रमा शिक्षा पहुँच पुर्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

कार्यक्रममा वातावरणीय संरक्षण र मानसिक स्वास्थ्यको महत्त्वलाई समेत उजागर गर्ने गरी विभिन्न सत्रहरू सञ्चालन गरिने छन्। यस अभियानमा ल्याण्ड फर फ्युचर र आकार मानसिक स्वास्थ्य परामर्श जस्ता संघसंस्थाहरूको विशेष सहकार्य रहेको छ। यी संस्थाहरूले जलवायु परिवर्तन र वातावरणीय संरक्षणका साथै मानसिक स्वास्थ्यको महत्त्वबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिने शैक्षिक सामाग्री वितरण कार्यक्रमका संयोजक एवम् २०२४ का मिस तामाङ रिया लामा स्याङ्तानले जानकारी दिएको हो।

कार्यक्रमको विशेष आकर्षण भनेको वातावरण संरक्षण र मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभिवृद्धि हो। ल्यान्ड आवर फ्युचरका विशेषज्ञहरूले जलवायु परिवर्तनले वातावरणमा पार्ने प्रभाव र यसलाई रोक्नका लागि अपनाउनुपर्ने उपायहरूबारे जानकारी दिनेछन्। त्यस्तै, आकार मानसिक स्वास्थ्य परामर्शका विशेषज्ञहरूले मानसिक स्वास्थ्यको महत्त्व र यसलाई सुदृढ बनाउन गरिनुपर्ने क्रियाकलापबारे विद्यार्थीहरूलाई मार्गदर्शन गर्नेछन्।

शैक्षिक सामग्री वितरणका क्रममा विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी, पुस्तकहरू, र अन्य शैक्षिक सामग्रीहरू प्रदान गरिने छ, जसले उनीहरूको शैक्षिक गतिविधिमा सुधार ल्याउनेछ। विशेष गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि यस्ता कार्यक्रमले शिक्षाको गुणस्तरलाई बढावा दिने अपेक्षा गरिएको छ।

कार्यक्रममा ‘मिस तामाङ’ र ‘मिस्टर तामाङ’ जस्ता प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ। उनीहरूले कार्यक्रमको उद्घाटन गर्नुका साथै विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नेछन्। यस कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मकता र मानसिक स्वास्थ्यलाई बढावा दिन भूमिका खेल्नेछ।

यसका साथै, कार्यक्रममा सहभागी संघसंस्थाहरूले वातावरणीय संरक्षणको सन्देश फैलाउनका लागि वृक्षारोपण कार्यक्रम र वातावरणीय स्वच्छता सम्बन्धी अभियान पनि सञ्चालन गर्ने छन्। विद्यार्थीहरूलाई वातावरणीय सचेतना सम्बन्धी जानकारी दिन र उनीहरूलाई वातावरणीय अभियानमा सहभागी गराउन वृक्षारोपण कार्यक्रमको विशेष भूमिका रहनेछ।

शैक्षिक सामग्री वितरण कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई शिक्षा उपलब्ध गराउने र उनीहरूको शैक्षिक स्तरलाई सुधार गर्ने हो। विद्यार्थीहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई बलियो बनाउन यस्ता कार्यक्रमहरूले सहयोग पुर्याउँछन्। शिक्षामा निरन्तरता र गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक छ भन्ने मान्यता राख्दै विद्यालय प्रशासनले यस किसिमका कार्यक्रमहरू भविष्यमा पनि सञ्चालन गर्ने योजना बनाएको छ।

सहभागी संघसंस्थाहरूको सहकार्यमा आयोजना हुने यस कार्यक्रमले शिक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस कार्यक्रमको सह-आयोजक मिस तामाङ’ र ‘मिस्टर तामाङ’ले महत्त्वपूर्ण भुमिका निर्वाह गरिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।