बनेपा– बनेपामा रहेकाे व्यवसायीहरुले ‘बनेपा महोत्सव–२०८१’काे बिराेध गरेका छन् । सिमित व्यक्तिहरुलाई फाइदा पुग्नेगरी अनुपयुक्त समयमा आयोजना गरिएको भन्दै व्यवसायीले विरोध जनाएका हुन् ।

आज बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यलाई ध्यानाकर्षण गराउँदै व्यवसायीहरुले आफुहरुसँग कुनै सल्लाह नै नगरी दशैंको मुखमा आयोजना गरिएको महोत्सवले व्यवसायी मारमा पर्ने गुनासो गरेका छन् ।

करोना महामारीले थलिएको व्यवसाय दशैं, तिहारमा केहि चलायमान होला कि भन्ने आशामा रहेका व्यवसायीलाई सिमित व्यक्तिलाई मात्रै फाइदा पुग्ने गरी गरिएको महोत्सवले झनै मारमा पार्ने उनीहरुको गुनासो छ । नाम मात्रैको बनेपा महोत्सवको एकजुट भएर विरोध गर्ने समेत व्यवसायीले चेतावनी दिएका छन् । हतारमा एकतर्फी रुपमा तोकिएको कार्यक्रमलाई स्थगित गर्दै सबैको सल्लाहमा उपयुक्त समयमा महोत्सव आयोजना गर्ने वातावरण बनाउन नगर प्रमुख शाक्य समक्ष व्यवसयीले माग गरेका छन् ।

सिमित व्यक्तिहरुलाई फाइदा पुग्नेगरी अनुपयुक्त समयमा बनेपा महोत्सव आयोजना गरिएको भन्दै व्यवसायीले विरोध जनाएका छन् । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यलाई ध्यानाकर्षण गराउँदै व्यवसायीहरुले आफुहरुसँग कुनै सल्लाह नै नगरी दशैंको मुखमा आयोजना गरिएको महोत्सवले व्यवसायी मारमा पर्ने गुनासो गरेका छन् ।

करोना महामारीले थलिएको व्यवसाय दशैं, तिहारमा केहि चलायमान होला कि भन्ने आशामा रहेका व्यवसायीलाई सिमित व्यक्तिलाई मात्रै फाइदा पुग्ने गरी गरिएको महोत्सवले झनै मारमा पार्ने उनीहरुको गुनासो छ । नाम मात्रैको बनेपा महोत्सवको एकजुट भएर विरोध गर्ने समेत व्यवसायीले चेतावनी दिएका छन् । हतारमा एकतर्फी रुपमा तोकिएको कार्यक्रमलाई स्थगित गर्दै सबैको सल्लाहमा उपयुक्त समयमा महोत्सव आयोजना गर्ने वातावरण बनाउन नगर प्रमुख शाक्य समक्ष व्यवसयीले माग गरेका छन् ।

नगरपालिकाले व्यवसायीको हकहितमा ध्यान दिएर आवश्यक निर्णय लिनेमा आशावादी रहेको विज्ञप्ती मार्फत जानकारी दिएका छन । व्यवसायीको विरोधकाबीच महोत्सव आयोजना भएमा आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ । यसबाट उत्पन्न हुने द्धवन्द्धात्मक अवस्थाको जिम्मेवार बनेपा नगरपालिका हुने उनीहरुले बताएका छन । व्यवसायीले काभ्रे उद्योग वाणिज्य संघलाई पनि महोत्सवको मिति सच्याउन माग गरेका छन् । बनेपा ब्वाईज क्लबको आयोजनामा असोज ९ देखी असोज २४ सम्म बनेपा महोत्सव आयोजना गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।