तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाले वार्षिक समिक्षा गरेको छ । हिजाे (आइतबार) र आज (साेमबार) गरि २ दिने समिक्षा गरेको हाे ।
पालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक समिक्षा गरेको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिए । उपाध्यक्ष दलमान थाेकर (डिएम)को प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे साे कार्यक्रमकाे अध्यक्षता स्वास्थ्य शाखा प्रमुख पाठकले गरेका थिए ।
प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष थाेकरले तेमाली जनताकाे स्वास्थ्यमा उच्च प्राथिमकताका साथ आफूहरु लागेकाे बताए । विभिन्न प्रकारका राेगहरु पटक पटक शिविर सञ्चालन गरेकाे बताउँदै उपाध्यक्ष थाेकरले तेमाली जनताकाे स्वास्थ्य अवस्था र गाउँपालिकाले बनाउनु पर्ने याेजनाको बारेमा समेत तथ्यगत रुपमा थाहा पाउन सकेकाे बताए ।विभिन्न सर्ने र नसर्ने राेगको आफूहरुले निःशुल्क औषधि वितरण गर्न थालेकाे बताए ।
कार्यक्रममा स्वास्थ्य शाखा मार्फत सञ्चालन गरेकाे कार्यक्रमहरुकाेबारेमा स्वास्थ्या शाखा प्रमुख पाठकले जानकारी गराएका थिए ।
नारायणस्थान स्वास्थ्य चाैकी तेमालकै उत्कृष्ट
यसैबीच कार्य सम्पादनको आधारमा पाेखरी नारायणस्थान स्वास्थ्य चाैकी उत्कृष्ट भइ प्रथम भएकाे छ । पोखरी नारायण स्थान स्वास्थ्य चौकी प्रथम, त्यसैगरी सामुदायिक स्वास्थ्य ईकाइ सर्स्युखर्क द्बितिया हुन सफल भएको छ भने बोल्दे फेदिचे स्वाथ्य चौकी तृतीय हुन सफल भएको छ । सूचकहरु र प्रगाति मूल्याङ्कनको आधारमा ३ स्वास्थ्य चाैकी छनाैट गरिएको स्वास्थ्य शाखा प्रमुख पाठकले जानकारी दिए ।
उत्कृष्ट ३ स्वास्थ्य चाैकीलाई उपाध्यक्ष थाेकरले प्रमाणपत्र सहित सम्मान गरिएको थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।