काठमाडौं ।पुष्पा तामाङको प्रस्तुति तामाङ प्रेमगीत “मिग्यम थारेङ” बजारमा सार्वजनिक भएको छ।

तामाङ समुदायमा गहिरो प्रेमभावनालाई प्रतिविम्बित गर्ने गीत “मिग्यम थारेङ” ले सांगीतिक क्षेत्रमा ठूलो प्रभाव पार्दैछ। गायक मदन ग्लान र गायिका जितु लोप्चनको आवाजले जीवन्तता भरेको यो गीतमा डुप्साङ तामाङका शब्दहरूले ग्रामीण प्रेमकथालाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। गायक मदन घलानको संगीतमा नार्बु शेर्पाको संगीत संयोजनले गीतलाई सुगम बनाएको छ।

भिडियोमा समाजसेवी आश्मान तामाङ वाइबा र पुष्पा तामाङले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्, जसले तामाङ प्रेमको गहिराइलाई उजागर गर्छ। राज किङ वाइबाको निर्देशन र कोरियोग्राफीमा देव दोर्जे लामाको क्यामेरा र रोशन फ्युबाको ड्रोन दृश्यलाई आकर्षक बनाएको छ।अडियो गीतको मिक्सिङसम्म सानुबाबु घिसिङको योगदान रहेको छ। भिडियोको कलर राजेन्द्र लामाले गरिएको छ।

यो गीत फ्याफुल्ला नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, जसले तामाङ संस्कृति र संगीतको परम्परालाई आधुनिक प्रविधिसँग जोड्न मद्दत पुर्‍याएको छ। साथै, पोस्ट प्रोडक्शन जाम्बुलिङले गरेको छ।

यस गीतले तामाङ सांगीतिक संसारमा थप नवीनता ल्याउँदै प्रेमभावलाई सांस्कृतिक सन्देशसहित प्रस्तुत गरेको छ, जसले समुदायभित्र मात्र नभई बाहिरी दर्शकहरूलाई समेत तान्न सफल भएको छ।यस म्युजिक भिडियोलाई गायक मदन ग्लानको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।