चाौंरीदेउराली– काभ्रे जिल्लाकाे चाैंरीदेउराली गाउँपालिका भरिका विद्यालयहरु असाेज १५ गतेसम्मकाे लागि बन्द रहने भएकाे छ । गाउँपालिका अध्यक्ष रेणुका चाैंलागाईंद्वारा हस्ताक्षरित सूचना जारी गर्दै साेकाे जानकारी दिएका हुन् ।

अध्यक्ष चाैंलागाईंद्वारा जारी सूचनामा भनिएकाे छ, ‘यहि मिति २०८१ साल असोज महिनाको ११ गतेदेखि देशैभरी भएको अबिरल वर्षाको कारण यस चौंरीदेउराली गाउँपालिकाको समेत अधिकांश स्थानहरुमा बाढी, पहिरो र भू-क्षय जस्ता प्राकृतिक विपत्तीका कारण ठुलो जन-धनको क्षति भएको प्रति यस गाउँपालिका स्तब्ध छ । साथै विपद्को यस घडीमा यस गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुको पठनपाठन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८१/०६/१२ गतेको विज्ञप्ति अनुसार २०८१/०६/१५ गतेसम्म बन्द रहने साथै यस दुःखको घडीमा विपद्मा परेका स्थानहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग र उद्धारका लागि खटिनुहुन यस गाउँपालिका भरिका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, राजनैतिक दल, नागरिक समाज, समाजसेवी, बुद्धिजीवि तथा सम्पूर्ण संघ संस्थाहरुलाई तदारुकताका साथ उद्धार तथा राहत कार्यमा सहभागी हुन हार्दिक अनुरोध गर्दछ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।