तेमाल– विहिबारदेखि परेको अविरल वर्षाका कारण आएका बाढीपहिरोमा परि काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ ढडेनपाखामा एकै घर परिवारका ८ जना पुरेर बेपत्ता भएका मध्यकाे ५ जना शव फेला परेकाे छ । गत असाेज १२ गते घर माथिबाट आएकाे पहिराेमा एकै परिवारकाे ९ जना परेकाेमा १ जना मात्र बाँच्न सफल भएको थियाे ।
नेपाली सेना, जनपद प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीयबासीले विहानै देखि खाेजी कार्य गर्दा ५ जना शव फेला पारेकाे श्री सर्वोद्धार माविका प्रधानाध्यापक ज्ञान्जा लामाले जानकारी दिए । लामाका अनुसार आज खाेजीकार्य गर्ने क्रममा सानुमान तामाङ, उनकी श्रीमती, उनकाे छाेरा मनजीत र उनकी श्रीमती र छाेरीकाे शव फेला परेकाे छ ।
३ जनाकाे शव पनि खाेजीकार्य जारी रहेकाे बताएका छन् ।
याे पनि पढ्नुहाेस्ः
बाढी पहिरोबाट तेमालमा एकै घरको ८ सहित १२ जनाको निधन
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























