धुलिखेकल– डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना अपराधको फरार प्रतिवादीको रुपमा रहेका काभ्रे जिल्ला खानीखाेला गाउँपालिका वडा न‌ं. १ निवासी प्रताप गाेलेलाई पक्राउ गरेकाे प्रति विप्लब नेतृत्वकाे नेकपा, काभ्रेले विराेध गरेको छ । नेकपा, काभ्रेका सेक्रेटरी प्रेरक सीले एक विज्ञप्ति जारी गर्दै गाेलेकाे रिहाइकाे माग गरेकाे हाे ।’

‘नेपाल कम्युनिस्ट पार्टीको पूर्व जिल्ला सेक्रेटरी तथा केन्द्रीय प्रतिनिधि सदस्य क.प्रताप सीलाई जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलले २०८१ साल कात्तिक ११ गते धुलिखेलबाट विना कारण पक्राउ गरी हिरासतमा लिएको हुँदा उक्त घटना प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकार्षण भएको छ ।’ सेक्रेटरी प्रेरकले विज्ञप्तिमा भनेका छन् ‘प्रहरीको उक्त कृयाकलाप प्रति हाम्रो पार्टी घोर आपत्ति जनाउँदै गिरफ्तारी कमरेडलाई विना शर्त तुरुन्त रिहा गर्न समेत माग गर्दछ ।’

याे पनि पढ्नुहाेस्ः

राेशीकाे मालाकाे रुख काट्ने मुख्य व्यक्ति पक्राउ

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।