चाैरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपलिकामा निर्माणकार्य सम्पन्न भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ । नवनिर्मित भवनको आज एक कार्यक्रमका बीच अध्यक्ष रेणुका चाैलागाईंले उद्घाटन गरिएकाे हाे ।
सुविधा सम्पन्न वैज्ञानिक भवनकाे निर्माणकाे लागि नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट करिब ३ कराेड रुपैयाँ लागतमा निर्माण गरिएको थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैंलागाईंले भवनलाई पूर्णरुपमा सदुपयाेग गर्ने प्रतिबद्धता जाहेर गर्दै भवन निर्माण गरेकाेमा आयाेजनालाई धन्यवाद समेत दिए । आफ्नाे गाउँपालिकामा यसरी छुट्टै र व्यवस्थित ढंगले कार्यालय सञ्चालन भएपछि किसानकाे उत्पादमा बृद्धि हुने बताउँदै अध्यक्ष चाैंलागाईंले गाउँपालिका भरि उत्पादन भएकाे विभिन्न वस्तुहरुकाे बजारीकरणमा गाउँपालिकाले सहयाेग गर्ने बताए ।
कार्यक्रममा आयाेजना प्रमुख अधिकृत नन्द किशोर यादव, डा. सौरभ श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत महानदास लामाऽ वडा अध्यक्षहरु, पालिकाका पशु सेवा शाखा प्रमुख मनमोहन कामी, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित कृषि समूहका प्रतिनिधि लगायतका उपस्थिति थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।