धुलिखेल– काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा २ दिने बृहत निःशुल्क जनस्वास्थ्य शिबिर आजबाट सञ्चालन हुँदै छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार शिविरमा धेरै प्रकारको सेवाहरु सञ्चालन हुने भएको छ ।
जिल्लामा आजसम्मकै बृहत जनस्वास्थ्य शिविरको रुपमा सञ्चालन हुन लागेको शिविर आज वडा नं. ६ मा रहेको आजाद आधारभूत विद्यालय बनखुचौरमा सञ्चालन हुने छ भने भोलि वडा नं. १ स्थित गोकुले स्वास्थ्य चौकीमा हुने अध्यक्ष जिम्बाले जानकारी दिए । उनले आजसम्मकै ठूलो शिविर भएकोले सेवा लिन महाभारत गाउँबासीलाई अनुरोध समेत गरेका छन् ।
शिविरमा भिडियो एक्सरे, सेवा छाला तथा योन रोग सम्बन्धी सेवा, मुटु रोग सम्बन्धी सेवा, नाक कान घाटी सम्बन्धी सेवा सेवाहरु, पाठेघर सम्बन्धी सेवा, नसर्ने रोगको पहिचान, परिवार नियोजन सेवा, आंखाको परिक्षण, आयुर्वेद तथा वैकल्पिक चिकित्सा लगायतका सेवाहरु उपलब्ध रहेको अध्यक्ष जिम्बाले जानकारी दिए ।
यी हुन् शिविरमा उपलब्ध सेवाहरु
१) विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण, उपचार तथा परामर्श सेवा
-
पेट तथा छाती सम्बन्धी रोगको परिक्षण, उपचार तथा परामर्श सेवा
-
बाल रोगको परिक्षण, उपचार तथा परामर्श सेवा ।
-
प्रसुती तथा स्त्रीरोगको परिक्षण, उपचार तथा परामर्श सेवा ।
-
मुख तथा दाँत सम्बन्धी रोगको परिक्षण, उपचार तथा परामर्श सेवा ।
-
नाक, कान तथा घाँटी सम्बन्धी रोगको परिक्षण, उपचार तथा परामर्श क्षयरोग (टि.बी.) को पहिचान,
-
उपचार र परामर्श सेवा ।
२. नसर्ने रोगको पहिचानको लागि रक्तचाप (BLOOD PRESSURE) को मापन, रगतमा चिनीको जाँच तथा पिसाबमा चिनी र प्रोटिनको जाँच ।
३. निःशुल्क परिवार नियोजन सेवा (पुरुषहरुको लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) तथा महिलाहरुको लागि लामो अवधीको परिवार नियोजनको साधान (आइ.यू.सि.डी.) र इम्प्लान्ट राख्ने शिविर सञ्चालन ।)
४. पाठेघरको मुखमा क्यान्सर देखिन सक्ने सम्भावना भएका महिलाहरुको लागि निःशुल्क CRYOTHERAPY सेवा ।
५. भिडियो एक्सरे ९ग्क्न्० र क्षयरोग पहिचानको लागि छातीको एक्सरे सेवा ।
६. आँखा रोमको परिक्षण, उपचार तथा परामर्श सेवा ।
७. अपाङ्गता परिचय पत्र वितरणको लागि शारिरीक परिक्षण
८. आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।