तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा भोलिदेखि निःशुल्क स्वास्थ्य ल्याप परिक्षण हुँदै छ । नि. प्रमुख प्रशासकीय अधिकृत शिवहरी पाठकले एक सूचना जारी गर्दै सोको जानकारी दिएको हो ।

पाठकका अनुसार शिविर भोलि मंसिर २३ गतेदेखि मंसिर ३० गतेसम्म सञ्चालन हुने भएको छ । वडा नं. १ देखि ९ सम्म सञ्चालन हुने सो शिविरमा सुगरको जाँच, गर्भवती महिलाहरुका लागि ब्ल्ऋ एबअपबनभ, साथै ग्रामीण भिडियो ह्(च्बथ सेवा संचालन गरिने पाठकले जानकारी दिए । शिविर बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सञ्चालन हुने छ ।

गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले शिविरबाट सेवा लिनका लागि तेमालबासीमा अनुरोध गरेका छन् ।

कुन वडामा कहिले ?

तेमाल–१ मा २०८१/०८/२३ सामुदायिक स्वास्थ्य ईकाइ सर्युखर्क,
तेमाल–२ मा २०८१/०८/२४ सामुदायिक स्वास्थ्य ईकाइ चुखा,
तेमाल–३ मा २०८१/०८/२५ सरमथली स्वास्थ्य चौकी
तेमाल–४ मा २०८१/०८/२६ वोल्देफेदीचे स्वास्थ्यचौकी
तेमाल–६ मा २०८१/०८/२७ ठुलोपर्सेल स्वास्थ्यचौकी चौकी
तेमाल–७ मा २०८१/०८/२८ चापाखोरी स्वास्थ्यचौकी
तेमाल–८ मा २०८१/०८/२९ मेच्छे स्वास्थ्य चौकी
तेमाल–९ मा २०८१/०८/३० सामुदायिक स्वास्थ्य ईकाइ मैनाजाङ

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।