हेटौंडा – तामाङ पत्रकार संघ बागमती (नेवा ताम्सालिङ) प्रदेश समितिको दोस्रो ऐतिहासिक अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ। संघको अध्यक्षमा चितवनका ज्ञानेन्द्र तामाङ निर्वाचित भएका छन्।
नवगठित कार्यसमितिका अन्य पदाधिकारीमा काभ्रेका जगतमान तामाङ उपाध्यक्ष, मकवानपुरका दिलबहादुर तामाङ सचिव, काठमाडौंकी मायालु लामा सह-सचिव, र दोलाखाका पेमा लामा दोङ कोषाध्यक्ष चयन भएका छन्।
समितिमा सदस्यका रूपमा काठमाडौंबाट श्यामलाल लामा, दोलाखाबाट फुर्वा तामाङ, मकवानपुरबाट नवराज वाईबा, चितवनबाट बबिलाल तामाङ, र काभ्रेका विकास वाईबा रहेका छन्। बाँकी सदस्यहरू पछि मनोनयन गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा संघका सदस्यहरूले तामाङ समुदायका मुद्दा, पत्रकारिताको भूमिकाबारे छलफल गर्दै भविष्यमा थप सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका थिए। अध्यक्षमा निर्वाचित ज्ञानेन्द्र तामाङले संघलाई अझ सशक्त र प्रभावकारी बनाउने योजना प्रस्तुत गर्दै, तामाङ समुदायको आवाजलाई राष्ट्रिय तहमा पु¥याउन आफ्नो नेतृत्व सक्रिय रहने बताउनुभयो।
अधिवेशनमा संघका वरिष्ठ पत्रकार, समाजसेवी, र अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। यो अधिवेशनले तामाङ पत्रकारिताको क्षेत्रमा नयाँ ऊर्जा र दिशा दिने विश्वास गरिएको छ।