तेमाल– काभ्रे जिल्लाको तेमाला गाउँपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । गत २६ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा वडा नं. ३ मा रहेको भूमे माविले प्रथम भइ राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको छ ।
प्रतियोगितामा वडा नं. १ मा रहेको जनचेतना माविले दोस्रो स्थान र वडा नं. ५ मा रहेको नारायणस्थान माविले तेस्रो स्थान ओगट्न सफल भएको छ । १० वटा माविले भाग लिएको सो प्रतियोगितामा विभिन्न खेल विधाहरु समावेश गरिएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले प्रतियोगितामा अनुशासनपूर्वक भाग लिएकोमा सबै प्रतियोगीहरुलाई धन्यवाद व्यक्त गरे । खेलकुदले एकता र अनुशासनमा बाँधिने भएकोले तेमाल गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताए ।
यसैबीच गाउँपालिका उपाध्यक्ष दलमान थोकरले सहभागी विद्यालय र विद्यार्थीहरुलाई धन्यवाद दिँदै विजेता सबैलाई बधाई दिए । आफूहरुले खेलकुदलाई आगामी दिनहरुमा अझ व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा अध्यक्ष तामाङले विजेता प्रतियोगीहरुलाई ट्रफि, प्रमाणपत्रले सम्मान गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।