काठमाडौं – युवा गायक पेमा लामाको नयाँ तामाङ प्रेमगीत ‘एला मिरी साङ्गेला म्होइगो’ सार्वजनिक भएको छ। माया, प्रेम, र सम्बन्धका भावनात्मक पाटोलाई मार्मिक रूपमा प्रस्तुत गरेको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
गीतमा पेमा लामाको स्वर अत्यन्तै मनमोहक छ भने गायिका पूजा तामाङको आवाजले गीतलाई थप आकर्षक बनाएको छ। पेमा लामाको शब्द रचनामा रहेको यो गीतमा संगीत पवन लामाले दिएका छन्। गीतले मायालु सम्बन्धका उतार-चढाव र भावनात्मक गहिराइलाई उत्कृष्ट रूपमा उजागर गरेको छ।
‘एला मिरी साङ्गेला म्होइगो’ पेमा लामाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गायक लामाले दर्शक-श्रोताबाट यस गीतलाई पनि माया र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
यस गीतले तामाङ समुदायका सांगीतिक प्रेमिल पक्षलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। प्रेम र सम्बन्धमा आधारित यस गीतले तामाङ संगीतप्रेमीहरुका साथै अन्य दर्शकको मन पनि जित्नेमा कुनै शंका छैन।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























