काठमाडौं । तामाङ सांगीतिक क्षेत्रमा चर्चा बटुल्न सफल गायक प्रकाश वाइवा र गायिका कमला दोङको स्वरमा सजिएको नयाँ तामाङ गीत ‘खल्ती कोङ्बरी’ हालै सार्वजनिक भएको छ। तामाङ समुदायको मौलिकता र सांस्कृतिक पहिचानलाई झल्काउने यो गीतमा आधुनिक शैलीको संगीत र मौलिक शब्दहरूको उत्कृष्ट संयोजन देख्न सकिन्छ।
गीतमा कुमार स्याङ्बाले आकर्षक र सरल शब्द रचना गरेका छन्, जसले जीवनको यथार्थतालाई गहिरो भावका साथ प्रस्तुत गर्छ। संगीतको जिम्मा प्रयास तामाङले सम्हालेका छन्, जसले गीतलाई थप सुगम र रमणीय बनाएका छन्। सानुबाबु घिसिङले गीतलाई उत्कृष्ट एरेञ्ज गरी थप मिठास दिएका छन्। त्यस्तै, मिक्सिङ र मास्टरिङको काम दिपेश प्रधानले सम्हालेका छन्, जसले गीतलाई प्राविधिक रूपमा पनि उच्च स्तरको बनाएका छन्।
गीतलाई प्रकाश वाइवाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस गीतमा प्रस्तुत गरिएको संगीत र शब्दले तामाङ समुदायको पहिचान, जीवनशैली र संस्कृतिलाई विश्वमाझ परिचित गराउने प्रयास गरेको छ।
सार्वजनिक गीतले तामाङ समाजका लागि मात्र नभई सबै संगीतप्रेमीहरूको मन जित्ने खालको यो गीतले सांगीतिक क्षेत्रमा छुट्टै स्थान बनाउन सफल हुने अपेक्षा गरिएको छ।
‘खल्ती कोङ्बरी’ जस्तो गीतले तामाङ संगीतलाई नयाँ उचाइमा पुर्याउने विश्वासका साथ, गीतप्रति दर्शक-श्रोताहरूको सकारात्मक प्रतिक्रिया आउने आशा गरिएको छ।