भक्तपुर ।तामाङ संगीत क्षेत्रमा एउटा नयाँ सिर्जना “दोङ वंशाला ङनि सन्तान” सार्वजनिक भएको छ। यो गीतले पारिवारिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ।
गीतका शब्द सुनिल दोङले लेखेका हुन् भने संगीत युवा अनिल दोङको रहेको छ। अनिल दोङ र चर्चित गायिका सुनिमा लोको सुमधुर आवाजले गीतलाई थप आकर्षक बनाएको छ।
यस गीतको एरेञ्ज रोशन लामाले गरेका हुन्। गीतको मिक्सिङ दिपेश प्रधानले गरेका छन्। पोस्ट प्रोडक्सन “डम्फु मिडिया” को छापमा तयार भएको यो गीतको उत्पादन मुन घ्याबा र अर्पण लोले गरेका छन्।
“दोङ वंशाला ङनि सन्तान” गीतलाई युट्युब च्यानल ‘Damphu Media’ मा हेर्न र सुन्न सकिन्छ। तामाङ समुदायको पहिचान र सम्बन्धको गहिरो भाव प्रस्तुत गर्ने यो गीतले सांगीतिक क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।
गीत सुन्न र हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्। https://m.youtube.com/watch?v=OGkf5oiNfFQ