काठमाडौं ।सिन्धुपाल्चोक जिल्लाबाट तामाङ खान्दोके सांगीतिक क्षेत्रबाट उदय भएको युवा गायक प्रेम योन्जन लामा र गायिका काजल तामाङको आवाजमा सजिएको नयाँ गीत “मै मरी जाउँला सम्झाउँला” सार्वजनिक भएको छ। प्रेम योन्जन अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै छ।
गीतमा प्रेम योन्जन लामा र जाङ्गे तामाङको शब्द रहेको छ। संगीत पनि प्रेम योन्जन लामाकै रहेको छ भने संगीत संयोजन जोगलाल लामाले गरेका छन्। गीतको मिक्सिङ कार्य प्रयास दोङले गरेका हुन्।
गीतले प्रेमभावलाई प्रतिनिधित्व गर्दै नेपाली तामाङ समाजको मौलिकता र सांस्कृतिक पक्षलाई समेत उजागर गरेको छ।
गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। प्रेम योन्जनको सुमधुर आवाज र काजल तामाङको सहकार्यले यो गीतलाई सांगीतिक क्षेत्रमा थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।
गीत हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।