काठमाडौं ।तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक राष्ट्रिय पर्व मञ्जुश्री संवत २८६१ औँ सा पुख्रि (सर्प) ल्हो सोनाम ल्होछार पर्वलाई लक्षित गर्दै गायक निमा पाख्रीनले आफ्नो नयाँ गीत ‘कोको म्हेन्दो’ सार्वजनिक गरेका छन्। गीतलाई निमा पाख्रीनले आफ्नो आधिकारिक युट्युब च्यानल ‘NIMA PAKHRIN LAMA’ बाट सार्वजनिक गरेका हुन्।

पृथ्वी लामाको शब्द रचना रहेको ‘कोको म्हेन्दो’ मा संगीत संयोजन, एरेन्ज र मिक्सिङ सानुबाबु घिसिङले गरेका छन्। गीतमा निमा पाख्रीनलाई गायिका अन्जु थोक्करले स्वरमा साथ दिएकी छिन्। गीतको रेकर्डिङ फ्याफुल्ला नेपाल स्टुडियोमा गरिएको हो।

गीतको भिडियोमा तामाङ चलचित्रका महानायक अमिर दोङको अभिनय मुख्य आकर्षण हो। उनलाई अस्मिता तामाङले अभिनयमा साथ दिएकी छिन्। साथै, कुइसाङ रुम्बा र माया ब्लोन पनि भिडियोमा देख्न सकिन्छ। भिडियोको छायांकन, सम्पादन र निर्देशनको जिम्मा कृष्ण ब्लोनले लिएका छन्।

गायक निमा पाख्रीन यसअघि ‘ओइ साइली’, ‘भकारी बुन्ने’, ‘आउ आउ कान्छी’, ‘एक्लो यो ज्यान पर्यो’ जस्ता थुप्रै लोकप्रिय गीतहरू प्रस्तुत गरिसकेका छन्। यी गीतहरूले दर्शक-श्रोताहरूको मन जित्न सफल भएका छन्।

गायक निमा पाख्रीनले ‘कोको म्हेन्दो’ सार्वजनिक गर्दै आफ्नो सांस्कृतिक मौलिकतालाई जोगाउन र प्रवर्द्धन गर्न यो गीत निर्माण गरिएको बताए। ल्होछार पर्वको झल्को दिने यस गीतले तामाङ समुदायको परम्परा र संस्कृतिलाई उजागर गर्ने उद्देश्य लिएको छ।

गीत हेर्न र सुन्नको लागि यहाँ क्लिक गर्नुहोस्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।