तेमाल– खेलकुदप्रति युवाहरूको आकर्षण बढाउँदै खेलाडी प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. २ मा दोश्रो वडा अध्यक्ष कप– २०८१ अन्तर्गत खुल्ला फुटबल प्रतियोगिता हुने भएकाे छ । वडा नं. २ काे आर्थिक सहयाेगमा राइजिङ स्टार्स फूटवल क्लबकाे आयाेजनामा आगामी माघ ११ गते हुने भएकाे छ ।
तामाङ समुदायकाे नयाँ वर्ष सोनाम ल्होछारको शुभकामना आदानप्रदान सहित साे प्रतियाेगिता हुन लागेकाे क्लबका अध्यक्ष विकास तामाङले बताए । क्लबका अध्यक्ष तामाङले प्रतियोगिताको मुख्य उद्देश्य फुटबल खेलाडीहरूलाई आफ्ना प्रतिभा प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्नु रहेको जनाउँदै प्रतियाेगितामा भाग लिन युवा क्लब, संघ संस्था तथा सम्पुर्ण गाउँवासीहरूलाई अनुराेध समेत अनुराेध गरेका छन् ।
कार्यक्रमकाे उद्घाटन वागमती प्रदेशका पूर्व युवा मन्त्री तथा प्रदेश सभा सदस्य सांसद रत्नप्रासद ढकालले गर्ने साे कार्यक्रममा विशेष अतिथिमा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थाेकर र वडा अध्यक्ष देवराज तामाङ रहने जनाएकाे छ ।
गोठडाँडा खेल मैदानमा विहान १० बजेबाट शुरु हुने साे प्रतियाेगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पाउने छ भने दाेस्राे हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पाउने क्लवका सचिव निराेज लामाले जानकारी दिए ।
राईजिङ स्टार फुटबल क्लबले युवाहरूलाई खेलकुदमा संलग्न गराई उनीहरूको प्रतिभा निखार्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यो प्रतियोगिता पनि त्यसैको एउटा हिस्सा रहेको सचिव लामाले बताए । प्रतियोगिताको तयारीका लागि मैदान व्यवस्थापनदेखि टोलीहरूको दर्तासम्मका कामहरू तीव्र गतिमा भइरहेको क्लबले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।